7 months ago
September 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बागमती युथ क्लबले एन्फा महिला लिगमा विजयी सुरुवात गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सोमवार भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५-१ ले हराउँदै लिगमा सुखद सुरुवात गरेको हो।
बागमतीको जितमा अस्मिता खवासले ह्याट्रिक गरिन् । सहारा लिम्बु र आरती भुजेलले समान १ गोल गरे । सुदूरका लागि तुलचा बाहोराले १ गोल फर्काइन्
बागमतीका लागि खवासले १७औं, ८०औं र ८२औं मिनेटमा आफ्नो ह्याट्रिक पूरा गरिन् । सहारा लिम्बुले २६औं र ३७औं मिनेटमा आरतीले गोल गरिन् । सुदरपश्चमका लागि ९०औं मिनेटमा तुलचाले सान्त्वना गोल गरिन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
लिगमा मंगलवार २ खेल हुनेछन् । पहिलो खेल चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशबीच तथा दोस्रो खेल नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]