7 months ago
September 2, 2024
एजेन्सी – केलियन एमबाप्पेले स्पेनिस ला लिगामा गोलको खाता खोलेका छन् । एमबाप्पेले २ गाोल गरेपछि आइतवारको खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई २-० ले हराएको छ।
फ्रान्सेली फरवार्डले ६७औं मिनेटमा भालभार्डेको पासमा गोल गर्दै टोलीलाई अघि बढाए । दोस्रो गोल उनले ७५ औं मिनेटमा पेनाल्टीमा गरे। बेटिसका गोलकिपर रुइ सिल्भाले भिनिसियस जुनियरलाई लडाएपछि रियलले पेनाल्टी पाएको थियो।
युइएफए सुपर कपमा एटलान्टा विरुद्ध फाइनल जुन एमबाप्पेको रियलबाट डेब्यु खेल थियो। त्यो खेल गोल गरेका एमबाप्पेले ला लिगाका सुरुवाती ३ खेलमा गोल गर्न सकेका थिएनन्।
२५ वर्षीय एमबाप्पे यहि सिजन पेरिस सेन्ट जर्मेनबाट रियल गएका थिए। पिएसजीमा २ सय ५६ गोलका साथ सर्वाधिक गोलकर्ता बनेका एमबाप्पेले नयाँ चुनौतिका लागि रियलको बाटो रोजेका थिए।
ला लिगामा २५ औं सर्टमा एमबाप्पे पहिलो गोल गर्न सफल भएका हुन्। ४ खेलमा समान २ जित र २ बराबरीका साथ रियलको ८ अंक पुगेको छ। १२ अंकसहित बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ। बेटिसको २ अंक छ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]