7 months ago
September 1, 2024
एजेन्सी – इङ्लिस प्रिमियर लिग (इपिएल) आइतवार टोटेनहम पराजित भएको छ भने चेल्सीले बराबरी खेलेको छ।
टोटेनहम न्युक्यासल युनाइटेडसँग पराजित भएको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा न्युक्यासलले टोटेनहमलाई २-१ ले हरायो ।
घरेलु मैदानमा न्युकासलको जितमा अलेक्जेन्डर इसाक र हार्वे बार्न्सले गोल गरे । टोटनहमले भने १ गोल उपहार स्वरुप पाएको थियो। न्युकासलका लागि बार्न्सले ३७औं मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए ।
न्युकासलका ड्यान बर्नले ५६औं मिनेटमा आत्मघाती गोल गर्दा खेलमा बराबरी भयो । ७८औं मिनेटमा इसाकले गोल गर्दै न्युकासलको जित पक्का गरे ।जितपछि न्युक्यासलको ७ अंक पुगेको छ। टोटनहम ४ अंक छ ।
अर्को खेलमा चेल्सी क्रिस्टल प्यालेससँग १-१ को बराबरीमा रोकियो। घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि निकोलस ज्याकसक र क्रिटलका लागि इब्राकि इजले गोल गरे ।
चेल्सीले खेलको सुरुवातमा अग्रता लिएको थियो । ज्याकसनले २५औं मिनेटमा गोल गर्दै चेल्सीलाई अघि बढाए। इजले ५३ औं मिनेटमा क्रिस्टलका लागि बराबरी गोल फर्काए ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]