default_image

7 months ago

September 1, 2024

‘बि’ डिभिजन लिग गराउन एन्फाको ध्यानाकर्षण

581 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-  अखिल नेपाल फुटबल खेलाडी संघले  बि डिभिजन लिगको यथाशीघ्र मिति  तोकेर संचालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) को ध्यानाकर्षण गराएको छ।

खेलाडी संघका‌ अध्यक्ष विक्रम लामाको नेतृत्वमा गएको टोलीले आइतवार एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएको थियो।

गत वर्षकै क्यालेन्डरमा समावेश भएको बी डिभिजन लिग आयोजना हुन नसक्दा भने यसले फुटबल खेलाडीलाई मात्र नभइ समग्र नेपालको फुटबललाई नै असर गरेको छ। नयाँ सिजन सुरु हुनुपर्ने समयमा पनि गत सिजनको लिग नसक्दा त्यसले प्रत्यक्ष प्रभाव पारेको छ। तसर्थ खेलाडी संघ घरेलु फुटबल संरचना अन्तर्गतको  बि डिभिजन लिग क्लबहरुसँग समन्वय गरी यथाशीघ्र मितिमा तोकेर संचालनमा ल्याउन संघको ध्यानाकर्षण गर्दछौं,’ पत्रमा भनिएको छ।

खेलाडी संघले ए डिभिजन लिग सकिएको झन्डै एक वर्ष बित्न लाग्दा पनि एन्फाले तोकेकै मितिमा नयाँ संस्करण हुने नहुने पक्का गर्न सकेको पनि स्मरण गराएको छ।

नेपाली फुटबलमा नयाँ क्रान्तिको विन्दु बनेको नेपाल सुपर लिग (एनएसएल) को अनिश्चितताले खेलाडीहरुलाई अझ त्रसित बनाएको छ भन्दै खेलाडी संघले  एन्फालाई लिगको मिति यकिन गर्नुका साथै एनएसएलको सुनिश्चितताका लागि पहल गर्न पनि आग्रह गरेको‌ छ।

March 22, 2025

एपिएफ महिला फुटबल च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]

March 22, 2025

मौसमका कारण आयोजक र एपिएफबीचको खेल स्थगित

सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]

March 22, 2025

श्रेष्ठको नेतृत्वमा अन्नपूर्ण आरसिटीमा नयाँ कार्यसमिति

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]

Success

Thank you for your time.