7 months ago
September 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड रेखा पौडेलको गोलमा अबुधाबी कन्ट्री क्लबले एएफसी महिला च्याम्पियन्स लिगको खेलमा अल नासरलाई पराजित गरेको छ ।
प्रारम्भिक चरणको समूह ए को अन्तिम खेलमा अल नासरलाई १-० ले पराजित गर्दै अबुधाबीले समूह चरणमा स्थान पक्का गरेको हो । खेलको ६८ औं मिनेटमा रेखाले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । प्रारम्भिक चरणमा उनको यो दोस्रो गोल हो ।
यस जितसँगै अबुधाबीले ३ खेलमा ९ अंक जोड्दै शीर्षस्थान हासिल गर्यो । अल नासरको ६ अंक, योंग इलेफेन्टको ३ तथा म्यानमारको म्यवाडीले कुनै अंक जोडेन । रेखाले यसअघि इलेफेन्टमाथि २-१ को जितमा पनि गोल गरेकी थिइन् । उनी प्रतियोगितामा गोल गर्ने पहिलो खेलाडी समेत हुन् ।
अबु धाबीले अब च्याम्पियन्स लिगको समूह ए मा खेल्नेछ । यस समूहमा चीनको वुहान जियान्ग्दा, दक्षिण कोरियाको इन्चोन रेड एन्जल्स र मलेसियाको सबाह एफसी छन् । सबाह नेपालको एपीएफ सम्मिलित समूहको विजेता बन्दै अघि बढेको हो ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]