default_image

3 weeks ago

August 31, 2024

लेस्टरमाथि एस्टन भिल्लाको जित

463 views

0 Bookmark

एजेन्सी – एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीमाथि जित निकालेको छ ।

जारी सिजनको तेस्रो खेलमा दोस्रो जित निकाल्नेक्रममा भिल्लाले लेस्टरको मैदानमा २-१ को जित हात पारेको हो । भिल्लालाई जित दिलाउन अमाडु ओनाना र जोन डुरानले १-१ गोल गरे । घरेलु टोलीका लागि भने फाकुन्डो बोनानोटेले सान्त्वना गोल फर्काए ।

भिल्लाका ओनानले २८औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । डुरानले ६३औं मिनेटमा गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । घरेलु टोलीका लागि बियोनानाटले ७३औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत देखाएका थिए । इन्ज्युरी समयमा लगातार दबाब दिएपनि लेस्टर अंक खोस्न असफल रह्यो ।

जितसँगै भिल्ला ६ अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ । पराजित लिचेस्टर १ अंकका साथ १५औं स्थानमा रहेको छ ।

September 18, 2024

झरना कप- साविक विजेता भूपू सैनिक बाहिरियो

सुमन अधिकारी, बुटवल साविक विजेता भूपू सैनिक युवा क्लब ३६ औ संस्करणको पहिलो खेलबाटै बाहिरिएको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देही तिलोत्तमा नगरपालिका कुन्जलापुरस्थित उच्च माविको फुटबल मैदानमा बुधवार भएको उद्घाटन खेलमा गोर्खा ब्याईज क्लबले भूपूसैनिक युवा क्लबलाई ६-२ गोल अन्तरले पराजित गरेको हो । गोर्खा ब्वाइज क्लबले खेल […]

September 18, 2024

कुर्दान र बुढानिलकण्ठ एफएको जित

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला स्तरीय नकआउट तथा लिग फुटबल प्रतियोगिताको पहिलो बुधवार कुर्दान फुटबल एकेडेमी र बुढानिलकण्ठ फुटबल एकेडेमी विजयी भएका छन्। सानो गौचरणमा भएको पहिलो खेलमा कुर्दानले त्रिशक्ति युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ ले हरायो। निर्धारित समय ३-३ को‌ बराबरीपछि पेनाल्टी सुटआउटमा कुर्दानले बाजी मारेको हो । अर्को खेलमा बुढानिलकण्ठले जेएफए स्पोर्टसलाई‌ २-० […]

September 18, 2024

सुदूरको लगातार छैटौं हार

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशले लगातार छैटौं हार बेहोरेको छ ।बुधवारको दोस्रो खेलमा सुदूर कर्णाली प्रदेशसॅंग ३-० गोल अन्तरले पराजित भयो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा कर्णालीलाई जित दिलाउन भुमिका बुढाथोकी, वर्षा ओली र गरिमा राईले गोल गरे । कर्णालीका लागि भुमिकाले २४औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन् । […]

Success

Thank you for your time.