7 months ago
August 31, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिग फुटबलको उद्घाटन खेल कोशी प्रदेश र वालिङ नगरपालिकाबीच हुने भएको छ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिवार एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ। दुई चरणमा हुने लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
३ विभागिय टोली (त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब), ए, बी र सी डिभिजन क्लबबाट २ टिम (संकटा क्लब, बाग्मती युथ क्लब), नगरपालिका २ टिम (वालिङ र चन्द्रपुर नगरपालिका) र छनोट चरणका उत्कृष्ट ३ (कोशी प, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश) ले पहिलो चरणमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने एन्फा प्रवक्ता सुरेश शाहले बताए ।
पहिलो चरणको ४० खेलपछि अंक तालिकाको शीर्ष ५ टोलीलेबीचमा सुपर लिग पनि हुनेछ । सुपर लिगमा ५ टोलीबीच डबल राउन्ड रोविन खेल हुनेछ।
सुपर लिगमा २० खेलपछि शीर्ष ४ टोलीबीच प्लेअफ र फाइनल खेल हुनेछन् । शीर्ष दुई टोलीले पहिलो प्लेअफ खेल्नेछन् र त्यसको विजेता फाइनल पुग्नेछ।
तेस्रो र चौथो टोलीले दोस्रो प्लेअफ खेल्नेछ। त्यसको विजेता र पहिलो प्लेअफको पराजित टोलीबीच इलिमिनेटर हुनेछ । त्यसको विजेता र पहिलो प्लेअफको विजेताबीच फाइनल हुनेछ।
फिफा कनेक्टमा महिलामा कम्तिमा ९० खेल हुनै पर्ने भएकोले छनोट चरण र अहिले लिग गर्न लागिएको जनाउँदै एन्फाका प्रतियोगिता निर्देशक सञ्जिव मिस्रले भने, छनोट २१ खेल भएको थियो । र अब ६९ खेल हुँदैछ। खेल सँख्या पुर्याउनका लागि लिगमा क्लब संख्या बढाएका हौं।’
लिगको विजेताले १० लाख, दोस्रोले ५ लाख, उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले जनही १ लाख, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलका प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ गर्ने छन् । लिगमा अनुमानित लागत २ करोड २४ लाख ६८ हजार ६ सय ९८ रुपैयाँ फिफाले उपलब्ध गराउनेछ।
पहिलो चरणका शनिवारको खेल दशरथ रंगशाला र बाँकी खेल सातदोबाटो स्थित एन्फामा हुनेछ। तिहारपछि हुने दोस्रो चरणका खेल भने रंगशालामा हुने मिस्रले जानकारी दिए।
त्यसपछि भएको प्रि म्याच कन्फ्रेन्समा अधिकांश सहभागी क्लबका प्रशिक्षक र कप्तानले सोचे जस्तो तयारी नभएपनि राम्रो प्रदर्शनका लागि प्रयास गर्ने बताएका छन्। लिगका सबै खेलको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्नेछ ।
लिगको पहिलो चरणको खेल तालिका
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]