default_image

7 months ago

August 30, 2024

रियल हारबाट जोगियो

2262 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिड हारबाट जोगिएको छ । लस पालसमसँग बिहीवार भएको खेलको दोस्रो हाफमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल गरेपछि रियल १-१ को‌ बराबरी गर्न सफल भएको थियो।

अल्बेर्टो मोलिइरोको गोलमा लस पालमसले पाँचौं मिनेटमा खेलमा अग्रता लिएको थियो। ६९ औं मिनेटमा जुनियरले पेनाल्टीमा‌ बराबरी गोल फर्काएका थिए।एलेक्स सुआरेजको ह्यान्डबलपछि रियलले पेनाल्टी पाएको थियो।

योसँगै ला लिगामा रियलको अपराजित यात्रा ३५ खेल पुगेको छ। स्वभाविक प्रदर्शन गर्न नसकेको रियलका एन्ड्रिक र केलियन एमबाप्पे गोलको नजिक पुगेर पनि असफल भएका थिए।

पेरिस सेन्ट जर्मेनबाट यही सिजन रियल पुगेका एमबाप्पेले ला लिगामा ३ चरणका खेलसम्म सकिदा गोल गर्न सकेका छैनन्।

अन्त्यतिर जेइमी माटाको गोललाई अफसाइड लिएपछि लस पालमस जितबाट वन्चित भएको थियो।

अर्को खेलमा जिरोनाले ओसासुनामाथि ४-० को सहज जित हात पार्यो ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.