7 months ago
August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यसमितिको दुई दिने बैठक बिहीवार राति सकिएको छ।
महासचिव किरण राईको मासिक तलब दोब्बर भन्दा बढी २ हजार अमेरिकी डलर पुर्याउने सहित, अन्तर्राष्ट्रिय फुटबल रंगशालाका लागि जग्गा माग, बी डिभिजन लिग, महिला लिग ग्रासरुट कार्यक्रम गर्ने लगायत १३ बुँदे निर्णय भएको छ। यस अघि महासचिव राईको मासिक तलब १ लाख २० हजार रुपैयाँ थियो।
पहिलो दिन अध्यक्ष पंकज विक्रम नेम्वाङको प्रस्तावमा महासचिव राईको तलब मासिक २ हजार अमेरिकी डलर पुर्याउने बहुमतबाट निर्णय भएको थियो। केन्द्रिय समितिका २१ मध्ये ९ जना महासचिवको तलब अहिले बढाउन नहुने पक्षमा रहेको बताइएको छ।
एन्फा बैठकले साफ महिला फुटबल च्याम्पियनसिप काठमाडौंमा आयोजना गर्ने, विभिन्न जिल्लामा मैदान निर्माण गर्नका लागि बजेट विनियोजन गरेको छ । राष्ट्रिय फुटबल टोली महिला र पुरुष टोलीका खेलाडीको मासिक तलब १८ बाट ३० हजार रुपैयाँ पुराउने निर्णय भएको छ ।
लामो समयदेखि स्थगित खेलाडी, रेफ्री पुरस्कार, लाइफ टाइम एचिभमेन्ट अवार्ड पनि यो वर्ष दिने निर्णय भएको छ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]