7 months ago
August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठकमा पदाधिकारी र सदस्यहरुको रवैयाप्रति असन्तुष्टि राख्दै यस्तै सिलसिला जारी रहे भविष्यमा आफू उपस्थिति नहुने बताएका छन्।
मंगलवार र बिहीवार दुई दिन विविधसहित २३ एजेण्डामा छलफल गर्न बसेको बैठकमा व्यवसायिक फुटबललाई चलायमान बनाउने भन्दा पनि प्रशासनिक र व्यक्तिगत कुण्ठा निकाल्ने थलोको रुपमा विकसित हुँदै जाने खतरा बढेकोले असन्तुष्टि व्यक्त गरेको लामाले बताएका छन् ।
‘निर्वाचित २१ जनाको कार्यसमिति बाहेक जति पनि बैठकमा सहभागी हामीले निर्णय प्रक्रियामा भाग लिन मिल्दैन। सुझाव सम्म दिन मिल्छ । म खेलाडी संघको अध्यक्ष भएका नाताले व्यवसायिक फुटबल चलायमान होस् । खेलाडीले खेलेर बाच्ने अवस्थाका लागि छलफल होस् भन्ने चाहान्छु। अरु प्रतिनिधिका पनि अरु विषय हुनु स्वाभाविक हो,’ लामाले भने, ‘तर बैठकमा यस्ता विषयमा धेरै छलफल हुँदैन । अबको २/३ महिना व्यवसायिक फुटबल ठप्प जस्तै छ। सी डिभिजन लिग त भयो । बी र ए डिभिजन हुने निश्चितता छैन । खेलाडीले के निर्णय हुन्छ भनेर कुरिरहेका हुन्छन् । तर उनीहरूलाई दिने सुखद खबर हामीसँग कम हुन्छन्। सधै यस्तै भए बैठकमा बस्नुको औचित्य देखिन्न। त्यसैले फुटबल बाहेकको छलफलमा उपस्थिति हुन्न भनेको हुँ।’
मंगलवार सुरु भएर स्थगित बैठक बिहीवार दिउँसो १:०० बजेलाई डाकिएको थियो। पहिलो दिन १४ वटा एजेण्डामा छलफल भएको बैठकका बाँकी एजेण्डा छलफल गरेर बिहीवार राति टुंगिएपनि एन्फाले निर्णयको औपचारिक जानकारी दिएको छैन।
पहिलो दिन अध्यक्ष पंकज विक्रम नेम्वाङको प्रस्तावमा महासचिव किरण राईको तलब मासिक २ हजार अमेरिकी डलर पुर्याउने बहुमतबाट निर्णय भएको थियो। राष्ट्रिय फुटबल टोली महिला र पुरुष खेलाडीको मासिक तलब भने १८ हजारबाट बढाएर ३० हजार रुपैयाँ पराउने निर्णय भएको थियो। फुटबलका भौतिक पूर्वाधार निर्माणलगायत अन्य विषयमा पनि निर्णय भएका छन्।
एन्फा कार्यसमितिका पदाधिकारी र सदस्यहरुको प्रष्ट रुपमा दुई गुटमा भएकाले व्यक्तिगत समस्याका कारण पनि बैठक प्रभावकारी हुन नसकेको लामाको बुझाई छ ।
‘कतिपय राम्रा निर्णय पनि भएका छन् । तर कतिपय व्यक्तिगत कुण्ठा पनि बैठकमा आउने गरेका छन्। आफ्नो समूहको बचाउ गर्ने भएकाले पनि बैठक सोचेजति प्रभावकारी हुन सक्दैन,’ लामाले भने,’ त्यस्तोमा साक्षीका रुपमा मात्र हामी किन बस्नु भन्ने हुन थालेको छ। फुटबल राम्रो भए मात्र नयाँ पुस्ता यसमा आकर्षित हुने हुन् । नत्र विदेश पलायन बाहेक खेलाडी हुन चाहनेका लागि विकल्प देखिँदैन। नेतृत्वले आशा देखाउन नसक्दा खेलाडीमा नैराश्यता अझै बढ्छ सक्छ।’
एन्फा कार्यसमिति बाहेक नियुक्त पदाधिकारी, मनोनित पदाधिकारी, एन्फामा आबद्ध खेलाडी, महिला , प्रशिक्षक, रेफ्री संघ तथा प्रदेश संघका अध्यक्ष पनि बैठकमा सहभागी हुने गरेका छन् । निर्णय प्रक्रियामा भने निर्वाचित २१ सदस्यीयले मात्र भाग लिन पाउँछन्।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]