default_image

7 months ago

August 30, 2024

फुटबल क्रेज – ताप्लेजुङ गोल्डकपमा टिकट विक्रीबाट झन्डै २४ लाख संकलन

1244 views

0 Bookmark

दिपक बोहोरा, ताप्लेजुङ

फुटबल नेपालमा लोकप्रिय खेल मध्ये पर्दछ। देशको जुनै ठाउँमा फुटबल होस् दर्शकमा बेग्लै उत्साह हुन्छ। देशमा हुने साना ठूला प्रतियोगितामा शुल्क नै तिर्नुपर्ने खेल नेपालमा सम्भावत फुटबल मात्रै होला। त्यसअर्थ दर्शकहरु पैसा तिरेर फुटबल हेर्न तयार छन् । चाँहे त्यो संघिय राजधानी काठमाडौंमा होस् वा जिल्ला।

यसैबीच हिमाली जिल्ला ताप्लेजुङमा सोमबार दोश्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लबसहित ८ वटा टोलीकि सहभागिता रहेको प्रतियोगिताको उपाधि मोरङको सगरमाथा फुटबल क्लबले जितेको थियो।

लाखेजात्रा संचालन समितिको आयोजनामा जनै पूर्णिमाको दिन सुरु भएको प्रतियोगिताको कृष्णजन्माष्टमीको दिन फाइनल हुने गर्दछ । गत वर्षबाट ताप्लेजुङ गोल्डकपको नाममा हुने थालेको प्रतियोगितामा हिमाली जिल्लामा फुटबलको क्रेज लोभ लाग्दो देखिएको फुटबलकर्मी दिलिप राईले हाम्रो खेलकुद बताए ।

पानीको पर्वाह नगरी दर्शकले फुटबल फाइनलको मजा लिएका थिए। प्रतिकुल मौसमका बाबजुद भदौ १० गते भएको त फाइलमा टिकट विक्रीबाट मात्र १० लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको आयोजक संस्थाले जनाएको छ ।

सगरमाथा फुटबल क्लब र सिराहाको सलेहस फुटबल क्लबबीच फाइनल भएको थियो । फाइनलको टिकट विक्रीबाट गत वर्ष भन्दा यो वर्षको अढाई लाख भन्दा बढि उठेको थियो।

गत वर्षको फाइनलमा ७ लाख ५५ हजार रुपैयाँ संकलन भएको थियो भने यसपटक १० लाख १४ हजार रुपैयाँ संकलन भएकाे लाखेजात्रा संचालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए ।

यसपटक टिकट विक्रीबाट २३ लाख ७६ हजार रुपैयाँ संकलन भएको बताइएको छ । स्थानिय रुपमा आयोजित फुटबलको टिकट विक्रीबाट मात्र यो‌ रकम संकलन हुनु सामान्य होइन ।

संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ र भारतको कञ्चनजंघा फुटबल क्लब सिलिगुढीबीचको उद्घाटन खेलमा टिकटबाट २ लाख २० हजार रुपैयाँ संकलन भएको थियो ।

सलहेस र पाँचथर फुटबल क्लबबीचको दोस्रो खेलमा १ लाख ३५ हजार १ सय, तेश्रो दिन १ लाख ४० हजार ८ सय र चौथो दिन दिन २ लाख १३ हजार रुपैयाँको टिकट बिक्री भएको आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।

त्यस्तै पहिलो दिन सेमिफाइनलमा ३ लाख ८ हजार ८ सय रुपैयाँ र दोश्रोमा ३ लाख ४४ हजार रुपैयाँको टिकट बिक्री भएको समितिले जनाएको छ ।

खेलकुद प्रतियोगितामा‌ दर्शकले भाषण खासै रुचाउँदैनन्। सायद त्यसैलाई ध्यानमा राखेर होला यसपटक ताप्लेजुङ गोल्डकप भाषण रहित भएको थियो। अतिथीहरुलाई आसन ग्रहण भने गराइएको थियो।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.