7 months ago
August 29, 2024
एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड इस्पानुयलसँग गोल रहित बराबरीमा रोकिएको छ।
इस्पानुयलको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि जित हात पार्न भने सकेनन् ।
बिहीवार बिहानै भएको अर्को खेलमा अल्भालेसले रियल सोसिडाडलाई पराजित गरेको छ । तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा अल्भालेसले सोसिडाडलाई २-१ ले पराजित गर्यो ।
सोसिडाडको घरेलु मैदानमा भएको खेलमा अल्भालेसलाई जित दिलाउन आसियर भिल्लालिब्रे र टोनी मार्टिनेजले गोल गरे । सोसिडाडका ब्राइस मेन्डेजले १ सान्त्वना गोल गरे ।
मेन्डेजले ३३औं मिनेटमा गोल गर्दै अल्भालेसलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा भिल्लालिब्रेले गोल गर्दै अल्भालेसलाई खेलमा फर्काए । मार्टिनेजले ७७औं मिनेटमा गोल गर्दै अल्भालेसको जित पक्का गरे ।
जितसँगै अल्भालेस ४ अंकका साथ आठौं स्थानमा छ । सोसिडाड भने ३ अंकका साथ १२औं स्थानमा छ । एट्लेटिको चौथो र इस्पानुयल १८ औ स्थानमा छ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]