7 months ago
August 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू२० च्याम्पियनसिपको उपाधि जितेको छ ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा बंगलादेशले ४-१ को सहज जितका साथ यो उमेर समूहमा पहिलो उपाधि जित्यो । बंगलादेशको जितमा मिराजुल इस्लामले २ तथा पियस नोभा र हुसेन राहुलले १-१ गोल गरे । नेपालका लागि समिर तामाङले सान्तवना गोल फर्काए ।
नवौं मिनेटमा निराजन धामीले ३५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक मोहमद आसिफले मुस्किलले पन्च गरे । त्यसपछि कर्नरमा नेपालले गोलरक्षकलाई समस्या दिन सकेन ।
२१ औं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमायो । बंगलादेशका गोलरक्षक एक अर्कासँग जुधेर लडेपछि निराजनले बल अघि बढाए । उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट दिएको क्रसलाई अभिनाश स्याङतानले पोस्टको दिशा दिन सकेनन् ।
पहिलो हाफको इन्ज्युरी समयमा बंगलादेशले अग्रता लियो । मिराजुल इस्लामले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट फ्रिकिकमा उत्कृष्ट गोल गरे । उनको फ्रिकिक टप कर्नरमा लाग्दै गोल भएको थियो ।
दोस्रो हाफको ५६ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । असादुल इस्लामले बायाँ विंगबाट दिएको क्रसमा असादुल मोल्लाले दिएको ब्याक हेडरलाई अनमार्क रहेका मिराजुल इस्लामले गोल गरे ।
७१ औं मिनेटमा बंगलादेशले अर्को गोल थप्यो । यसपटक मिराजुलको पासलाई मोहमद हुसेन राहुलले नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रको ठिक भित्रबाट सुन्दर फिनिस गरे ।
८० औं मिनेटमा नेपालका लागि समिर तामाङले गोल गर्दै नेपालका लागि आशा जगाए । तर इन्ज्युरी समयमा पियास नोभाले गोल गर्दै बंगलादेशको जित सुनिश्चित गरे ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]