default_image

3 weeks ago

August 28, 2024

अल नासरको जितमा रोनाल्डोको‌ गोल

977 views

0 Bookmark

एजेन्सी – साउदी प्रो लिगमा अल नासरले अल फयहलाई पराजित गरेको छ । दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा नासरले मंगलवार फयहलाई ४-१ ले पराजित गर्यो ।

किंग अब्दुल्लाह स्पोर्टस सिटीमा नासरको जितमा टालिस्काले २, क्रिस्टियानो रोनाल्डो र मार्सेलो ब्रोजोभिकले समान १ गोल गरे । फयहका लागि फासन सकलाले १ गोल गरे ।

कप्तान रोनाल्डोको असिस्टमा खेलको पाँचौं मिनेटमा टालिस्कोले गोल गर्दै नासरलाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा रोनाल्डोले नै गोल गर्दै नासरको अग्रता दोब्बर बनाए ।

नासरका लागि ८५औं मिनेटमा ब्रोजोभिकले तेस्रो गोल गरे । लगत्तै अर्को मिनेटमा फयहका लागि सकलाले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयत्न गरे । दोस्रो हाफको इन्ज्युरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै टालिस्कोले नासरलाई सहज जित दिलाए ।

जितसँगै २ खेलमा ४ अंकका साथ नासर तालिकाको दोस्रो स्थानमा छ । पराजित अल फयह भने अंक तालिकाको पुछारमा छ ।

September 16, 2024

वालिङसँग सुदूरपश्चिमको हार

काठमाडौ (हाम्रो खेलकुद) – वालिङ नगरपालिकाले एन्फा महिला लिगमा सोमवार सुदूरपश्चिम प्रदेशलाई ५-१ ले पराजित गरेको छ । लिगमा सुदुरपश्चिमको यो लगातार पाँचौं हार हो। सातदोबाटोमा स्थित एन्फा कम्प्लेक्समा वालिङलाई जित दिलाउन भिओला नामिडुले ह्याट्रिक गरिन् । जाकलिन नासली र सुस्मा तामाङले समान १ गोल गरिन् ।सुदूरपश्चिम प्रदेशका लागि रितिका कार्कीले १ गोल गरिन् । […]

September 16, 2024

महिला लिग- वालिङ र सुदूरपश्चिम खेल्दै

काठमाडौ (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज एक खेल हुँदैछ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ ह । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । ५ खेलमा ६ अंक सहित वालिङ पाँचौ स्थानमा रहँदा सुदूरपश्चिम समान खेल खेल्दै जित विहीन छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को […]

September 16, 2024

लाकेनले दिल्ली एफसीबाट आई‌ लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लाकेन लिम्बु आई ( इन्डियन ) लिग टोली दिल्ली एफसीमा आबद्ध भएका छन् । दिल्लीले आफ्नो फेसबुक पेजमार्फत लाकेन क्लबमा‌ आबद्ध भएको जनाएको छ । गत साता नै दिल्ली पुगेका लाकेनले एक सिजनका लागि सम्झौता गरेका छन् । डेढ वर्षअघि भएको सहिद स्मारक ए डिभिजन लिगमा उनी थ्री […]

Success

Thank you for your time.