7 months ago
August 28, 2024
एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोना रायो भालेसानोलाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
लगातार तेस्रो खेलमा जित हात पार्ने क्रममा बार्सिलोनाले मंगलवार भालोसानोलाई २-१ ले पराजित गरेको हो ।भालेसानोले घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो ।
बार्सिलोनाको जितमा प्याड्रि र ड्यानी ओल्मोले गोल गरे । भालेसानोका लागि भने उनाई लापेजले सान्त्वना गोल फर्काए । १०औं मिनेटमा गोल गर्दै लापेजले घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा दुवै टोलीले अवसरको सिर्जना गरे पनि थप गोल भने गर्न सकेनन् । बार्सिलोनाका प्याड्रिले ६०औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
८२औं मिनेटमा बार्सिलोनाका लागि डेब्यु खेल खेलिरहेका ओल्मोले निर्णायक गोल गर्दै टोली दिलाए ।
बार्सिलोना ३ खेलबाट ९ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएकाे छ । पराजित भालेसानो ४ अंक सहित आठौं स्थानमा छ ।
अर्को खेलमा मालोर्का र सेभिल्लाले गोलरहित बराबरी खेलेका थिए । ला लिगामा बुधबार २ खेल हुँदैछन् ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]