default_image

7 months ago

August 27, 2024

एन्फा कार्यसमितिको बैठक पर्सि पुनः बस्ने गरि स्थगित

307 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यसमितिको बैठक पर्सि बिहीवार पुनः बस्ने गरि मंगलवार स्थगित भएको छ । बिहान ८ बजेलाई तय भएको बैठक १०ः४५ बजे सुरु भएको थियो ।

विविधसहित २३ एजेण्डामा छलफल गर्न बसेको बैठकले १४ वटा बुँदामा छलफल गरेर स्थगित भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् ।

‘बैठकको निर्णयको सबै जानकारी एकैपटक पर्सि सकिएपछि दिनेछौं। केहि संसोधन पनि हुनसक्छ ,’ उनले भने, ‘आज १४ वटा बुँदामा छलफल भएर बैठक स्थगित भएको छ । भोली साफ यु २० च्याम्पियनसिपको फाइनल छ । त्यसैले गर्दा पर्सि पुनः बैठक बस्नेछ ।’

अनेसेको सम्झौता नथपिने

एन्फा कार्यसमितिले नेपाली राष्ट्रिय फुटबल टोलीका इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । सन् २०२३ को मार्चमा राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएका अनेसेको प्रशिक्षणमा नेपालले १९ खेल खेलेको थियो । जसमा ५ जित, ४ बराबरी र १० हार रहेको छ ।

एन्फाले अब खुला प्रतिस्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । यसका लागि एन्फाले अनेसेले पनि खुला प्रतिस्पर्धाबाट आउने विकल्प भने राखेको छ । नेपालले अब अधिकारिक खेलको रुपमा मार्च २०२५ मा हुने एसियन कप छनोट खेल्नेछ । त्यसअघि अक्टोबर र नोभेम्बर विन्डोमा भने नेपालको कुनै खेल छैन ।

दशरथ रंगशालामा कृत्रिम घाँस राख्ने प्रस्ताव

एन्फाले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घाँसे मैदान हटाएर कृत्रिम घाँस राख्न प्रस्ताव गर्ने भएको छ । पछिल्लो समय मैदानको कमजोर अवस्थाका कारण एन्फाले यसपटक फिफाको सहयोगमा ३ लाख अमेरिकी डलर खर्च गरेर दशरथ रंगशालामा कृत्रिम घाँस अर्थात आर्टिफिसियल टर्फ राख्ने तयारी गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को स्वामित्वमा रहेको रंगशालामा घाँस परिवर्तन गर्न एन्फाले अब प्रस्ताव लग्नेछ । राखेपले सहमति जनाएको खण्डमा एन्फाले फिफाको सहयोगमार्फत टर्फ राख्ने निर्णय गरेको हो ।

त्यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा रहेको टर्फ पनि परिवर्तन गरिने भएको छ । एन्फाको मैदानमा नयाँ टर्फ राखेर त्यहाँ रहेको पुरानो टर्फ भने लगनखेलस्थित बुद्धिविकास खेल मैदानमा सारिने भएको छ ।

त्यस्तै एन्फाले गोदावरीस्थित प्रस्तावित अन्तर्राष्ट्रिय फुटबल मैदान, कैलाली, सर्लाही लगायत अन्य स्थानमा पनि कृत्रिम घाँसे मैदान निर्माणका लागि बजेट छुट्याउने निर्णय गरेको छ ।

महासचिवको तलब २ हजार डलर प्रस्ताव

एन्फाका महासचिव किरण राईको तलब २ हजार अमेरिकी डलर पुर्याउने एन्फा कार्यसमितिको बैठकले निर्णय गरेको छ ।अध्यक्ष पंकज नेम्वाङले प्रस्तावले महासचिवको तलब वृद्धि गर्न प्रस्ताव गरेका हुन् ।

हाल महासचिव राईले १ लाख २० हजार मासिक बुझ्दै आएका छन् । अध्यक्ष नेम्वाङले एजेन्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब २ हजार अमेरिकी डलर अर्थात् झन्डै २ लाख ७० हजार रुपैयाँ पुर्याउने प्रस्ताव राखेका हुन् ।

बैठकमा उपस्थित सदस्यले भने यसमा आपत्ति जनाएका थिए । तर बैठकमा संस्थापन पक्षको बहुमत रहेकाले यो प्रस्ताव पारित हुने सम्भावना छ । बैठकले राष्ट्रिय खेलाडीको तलब १८ हजार रुपैयाँ बाट मासिक ३० हजार रुपैयाँमा वृद्धि गरेको छ ।

यो निर्णय भने सर्वसम्मतले पारित भएको हो । यसपटक तलब वृद्धि गर्दा भने खेलाडीको वर्गीकरण गरेर त्यस अनुसार तलब प्रदान गरिने बताइएको छ ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.