7 months ago
August 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको तलब २ हजार अमेरिकी डलर पुर्याउन एन्फा कार्यसमिति बैठकमा अध्यक्ष पंकज नेम्वाङले प्रस्ताव राखेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी बैठकमा अध्यक्ष नेम्वाङले महासचिवको तलब वृद्धि गर्न प्रस्ताव गरेका हुन् । हाल महासचिव किरण राईले १ लाख २० हजार मासिक बुझ्दै आएका छन् । अध्यक्ष नेम्वाङले एजेन्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब २ हजार अमेरिकी डलर अर्थात् झन्डै २ लाख ७० हजार रुपैयाँ पुर्याउने प्रस्ताव राखेका हुन् ।
यद्यपि बैठकमा उपस्थित सदस्यले भने यसमा आपत्ति जनाएका छन् । तर बैठकमा संस्थापन पक्षको बहुमत रहेकाले यो प्रस्ताव पारित हुने देखिन्छ ।
बैठकले राष्ट्रिय खेलाडीको तलब १८ हजार रुपैयाँ बाट मासिक ३० हजार रुपैयाँमा वृद्धि गरेको छ । यो निर्णय भने सर्वसम्मतले पारित भएको हो । यसपटक तलब वृद्धि गर्दा भने खेलाडीको वर्गीकरण गरेर त्यस अनुसार तलब प्रदान गरिनेछ ।
बैठक विहान १०:४५ बजे सुरु भएको थियो । हाल आठौं एजेन्डामा छलफल भइरहेको छ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]