default_image

8 years ago

February 8, 2017

सिजनको अन्त्यमा बायर्नका कप्तान लामले बुट थन्क्याउने

120 views

0 Bookmark

म्युनिख (एजेन्सी)– जर्मनी का विश्व कप विजेता कप्तान फिलिप लामले सिजनको अन्त्यमा खेल जिवन बाट सन्यास लिने घोषणा गरेका छन् । ३३ बर्षिय कप्तान लाम सिजनको अन्त्य पछि पनि म्युनिखसँग को उनको अनुबन्धन १ बर्ष बाँकी छ । तर जर्मन फुटबलको इतिहासकै सफलमध्ये एक कप्तानले एक बर्षअघि नै खेल जीवनबाट विश्राम लिने योजना सार्वजनिक गरेका छन् ।
philip-lahm

तीन बर्षअघि ब्राजिलमा विश्वकप जितेको जर्मन टोलीबाट कप्तान लामले त्यसपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए पनि क्लबमा फुटबलमा भने कप्तानको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

‘अघिल्लो बर्षनै सन्यास लिने योजना थियो । अब यो सिजन को अन्त्य पछि बुट थन्क्याउने छु’, जर्मन कपको अन्तिम १६ को खेलमा उल्फबर्गसँगको जित पछि लामले सञ्चारकर्मीसँग निर्णय सुनाए,‘ क्लबका प्रतिनिधिलाई सन्यास बारे जानकारी दिइसकेको छु ।’

February 3, 2025

आर्सनलसँग सिटी स्तब्ध

एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई‌ ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]

February 3, 2025

युनाइटेडको अर्को हार, टोटेनहम विजयी

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]

February 3, 2025

एन्जिलासम्मिलित मिस अट्रोमिटौको जित

एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा‌ यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]

Success

Thank you for your time.