default_image

7 months ago

August 27, 2024

भिल्लारियलको रोमान्चक जित

439 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला‌ लिगामा सोमवार प्रतिस्पर्धात्मक खेलमा भिल्लारियलले सेल्टा भिगोलाई पराजित गरेको छ।

इन्ज्युरी समयको दसौं मिनेटमा ड्यानि परेजोले गोल गरेपछि भिल्लारियलले ४-३ को जित निकालेको हो।

घरेलु मैदानमा भएको खेलमा भिल्लारियलको जितमा परेजोसहित सर्जि कार्डन, थिएनो बेरीले गोल गरेका थिए। १ गोल आत्मघाती भएको थियो । सेल्टा भिगोकाबोर्जा लिग्लिसिया, ओस्कारला मिङ्गेजा र कार्ल स्टारफेल्टले गोल गरेका थिए ।

१२औं मिनेटमा लिग्लिसियाले गोल गर्दै सेल्टालाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा कार्डनले गोल गर्दै भिल्लालाई बराबरीमा पुर्याएका थिए । ३१औं मिनेटमा मिङ्गेजाले गोल गर्दै सेल्टा भिगोलाई पुनः खेलमा अग्रता दिलाए।

६०औं मिनेटमा बेरीले गोल गर्दै भिल्लालाई खेलमा फर्काए । त्यसको ४ मिनेट पछि सेल्टाका जेल्सनको आत्मघाती गोलको भिल्लाले पुनः अग्रता लियो । ८०औं मिनेटमा स्टारफेल्टको गोलमा सेल्टा भिगोले खेलमा बराबरी गर्यो। इन्ज्युरी समयमा परेजोले गोल गर्दै भिल्लारियललाई जित दिलाए ।

३ खेलमा शतप्रतिशत नतिजाका‌ साथ भिल्लारियल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । ६ अंकका‌ साथ सेल्टा भिगो दोस्रो स्थानमा झरेको छ। ला लिगामा मंगलबार १ खेल हुनेछ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.