5 months ago
August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- उपाध्यक्ष विराट जंग शाही र सदस्य पेमा डोल्मा लामाले दिएका एजेण्डा अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलवार बस्ने केन्द्रिय कार्यसमितिको बैठक समावेश हुने भएको छ।
शाहीले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई र लामाले महासचिव किरण राईलाई शुक्रवार पत्र लेख्दै एजेण्डा थप गर्न आग्रह गरेका थिए।
शाहीले ६ वटा र लामाले ४ वटा एजेण्डालाई एन्फाको एजेण्डाको २३ नम्बरमा समेटिने जानकारी सहितको पत्र महासचिव राईले सम्बन्धित सबैलाई पत्र मार्फत आइतवार जानकारी दिएको श्रोतले जनाएको छ। राईले भदौ ५ गते पठाएको पत्रमा विविधसहित २२ वटा एजेण्डा समावेश छन्।
उपाध्यक्ष शाहीले अन्तर्राष्ट्रिय (महिला र पुरुष) खेलाडीहरुको वर्गिकरण र सेवा सुविधा, फिफाद्धारा स्वीकृत भेडावारी परियोजना, रेफ्री तथा प्राविधिकको तलब वृद्धि सम्बन्धमा एजेण्डामा थप्न अनुरोध गरेका थिए ।
त्यस्तै आर्थिक वर्ष आव २०८०/ ८१ को आन्तरिक लेखा परिक्षण प्रतिवेदन, , विश्व कप दोश्रो चरण अन्तर्गतका खेलहरुको आर्थिक विवरण र एन्फाको उपाध्यक्ष दावा लामाको विषयमा वरिष्ठ उपाध्यक्षको उजुरी र राखेपको पत्रका सम्बन्धमा पनि बैठकको एजेण्डामा थप्न शाहीले पत्रमा उल्लेख गरिएको थियो।
सदस्य लामाले महिला तथा पुरुष खेलाडीहरुको मासिक तलब भत्ता तलब वृद्धि, राष्ट्रिय महिला टिमको लागि विदेशी प्रशिक्षकको नियुक्ति, महिला लिगको पुरस्कार र मिशन वल्र्डकप २०२७-३१ का सम्बन्धको एजेण्डा थप गर्न माग गरेकी थिइन् ।
एन्फाले केन्द्रिय समितिका लागि तयार पारेको एजेण्डा
February 1, 2025
सुशील पन्त क्षेत्री, चितवन प्याराडाइज युथ क्लब रत्ननगरले मिनान्नो राइजिङ भरतपुर गोल्डकपको उपाधि जितेको छ । बागमती युथ क्लब सर्लाहीलाई शनिवार १-० ले हराउँदै प्याराडाइज च्याम्पियन बनेको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको फाइनलमा प्याराडाइजलाई च्याम्पियन बनाउन मोहित गुरुङले निर्णायक गोल गरे । दोस्रो हाफको १५ औं मिनेटमा मैदान प्रवेश गरेका मोहितले […]
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]