default_image

8 months ago

August 25, 2024

मलेसियामा एपिएफले‌ नसाफको‌ सामना गर्दै

2351 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा रहेको नेपाल एपिएफ फुटबल क्लबको महिलाले टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा आज उज्वेकस्तानको नसाफ क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।

लिक्सा स्टेडियममा हुने खेल नेपाली समय अनुसार आइतबार साँझ ५ः४५ बजे सुरु हुनेछ। एपिएफ नेपालबाट अन्तर्राष्ट्रिय महिला क्लब फुटबल खेल्ने पहिलो टोली हो ।

एसियन फुटबल कन्फेडेरेसन(एएफसी) ले एसियामा महिला फुटबलको विकासका लागि पहिलो पटक वुमेन्स च्याम्पियन्स लिग गराउँदैछ । एपिएफ नेपालको महिला लिग च्याम्पियनको हैसियतमा प्रतियोगिताका लागि छनोट भएको हो ।

च्याम्पियनसिपको प्रारम्भिक चरण खेल्न लागेको एपिएफले राम्रो तयारी गरेको राष्ट्रिय टोलीकी सदस्य समेत रहेकी टोलीकी कप्तान अनिता बस्नेत बताएकी छिन् ।

‘अहिले राम्रो भइरहेको छ । साम्बा नहुँदा पनि बहिनीहरुले राम्रो मेहनत गरिरहेका छन्,’ मलेसिया जानु अघि कप्तान अनिताले हाम्रो खेलकुदसँग भनेकी थिइन् ‘साम्बा नहुँदा पनि टिमको आशा छ । राम्रो गर्नेमा सबै जना विश्वस्त छन् ।’

एपिएफबाट खेल्दै आएकी फरवार्ड साबित्रा भण्डारी(साम्बा) हाल व्यवसायिक फुटबल खेलका लागि फ्रान्समा रहेकी छिन् ।

लिगमा २२ सदस्य राष्ट्रका क्लबहरुको सहभागिता रहनेछ । जसमा सन् २०२४ को फिफा वरियतामा टप आठमा परेका राष्ट्रका क्लबहरु समूह चरणका लागि सिधै छनोट भईसकेका छन् ।

लिगमा एसियामा फुटबलका पावर हाउस मानिएका जापान, चीन, इन्डोनेसिया, फिलिपिन्स, अस्ट्रेलिया लगायत देशका क्लबको सहभागिता रहनेछ । बाँकी १४ राष्ट्रले समूह चरणका लागि प्रारम्भिक चरण पार गर्नुपर्ने हुन्छ ।

प्रारम्भिक चरणमा रहेका १४ देशका क्लबहरुलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता च्याम्पियन्सिपको समूह चरणका लागि छनोट हुनेछन् ।
एपिएफले बुधवार अन्तिम खेलमा मलेसियाको सबाह एफसीसँग खेल्नेछ ।

May 2, 2025

चितवनको विजयी सुरुवात

रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]

May 2, 2025

खेलकुदका‌ लागि एपिएफ क्लबको‌ सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

Success

Thank you for your time.