default_image

5 months ago

August 24, 2024

हालान्डको ह्याट्रिकमा सिटी विजयी

973 views

0 Bookmark

एजेन्सी – नर्वेली फरवार्ड एर्लीङ हालान्डको ह्याट्रिकको मद्दतमा गत सिजनको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

घरेलु मैदान इतिहात स्टेडियममा सिटीले इप्सविच टाउन फुटबल क्लबमाथि ४-१ को सहज जित दर्ता गरेको हो । सिटीको जितमा हालान्डले ह्याट्रिक तथा केभिन डि ब्रुएनले १ गोल गरे । इप्सविचका लागि स्यामी स्माडिकले सुरुवाती अग्रता दिलाएका थिए ।

स्माडिकले सातौं मिनेटमा गोल गर्दै खाता खोलेका थिए । सिटीका लागि १२औं मिनेटमा हालान्डले पेनाल्टिमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । १४औं मिनेटमा डे ब्रुएनले गोलरक्षकको गल्तीमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

दुई मिनेट पछि हालान्डले उत्कृष्ट फिनिसमा व्यक्तिगत दोस्रो गोल गरे । निर्धारित समय सकिनु २ मिनेट अघि हालान्डले आफ्नो ह्याट्रिक पूरा गर्दै सिटीको जित पक्का गरे ।

लगातार दोस्रो जितसँगै सिटीले ६ अंक जोडेको छ । सिटी अंक तालिकाको पहिलो स्थानमा छ । पहिलो खेलमा सिटीले चेल्सीलाई पराजित गरेको थियो ।

February 1, 2025

प्याराडाइजलाई राइजिङ भरतपुर गोल्डकपको उपाधि

सुशील पन्त क्षेत्री, चितवन प्याराडाइज युथ क्लब रत्ननगरले मिनान्नो राइजिङ भरतपुर गोल्डकपको उपाधि जितेको छ । बागमती युथ क्लब सर्लाहीलाई शनिवार १-० ले हराउँदै प्याराडाइज च्याम्पियन बनेको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको फाइनलमा प्याराडाइजलाई च्याम्पियन बनाउन मोहित गुरुङले निर्णायक गोल गरे । दोस्रो हाफको १५ औं मिनेटमा मैदान प्रवेश गरेका मोहितले […]

February 1, 2025

भद्रपुर झापा गोल्डकपका भाग्यशाली दर्शकले मोटरसाइकल पाउने

हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक‌ दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

Success

Thank you for your time.