default_image

8 months ago

August 23, 2024

साफ यु २० – नेपालले भुटानसँग सेमिफाइनल खेल्ने

3230 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)-नेपालले साफ यु–२० च्याम्पियनसिपमा फाइनल प्रवेश गर्न भुटानको सामना गर्ने भएको छ।
समूह ‘बी’ को शुक्रवार भएको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई  १-० ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको हो।
नेपाल समूह ए को दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको‌ छ । भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । नेपाल र भुटानबीचको सेमिफाइनल खेल आइतवार हुनेछ ।

नेपालले श्रीलंकालाई  १–० र बंगलादेशलाई २–१ ले पराजित गर्दै ६ अंक जोड्यो। बंगलादेशले भने श्रीलंकालाई २–० ले हराउन सफल भयो। समूह ए मा साविक उपविजेता बंगलादेश समूह चरणमा तीन अंकमै खुम्चियो।अर्को टोली श्रीलंका भने अंकविहीन हुँदै घर फर्किसकेको छ।
समूह ‘बी’ मा भने भारत विजेता बन्यो। भारत दुवै खेल जित्दै शीर्ष स्थानमा रह्यो।
भुटान तीन अंकसहित समूह उपविजेता बन्यो। माल्दिभ्सले भने अंकविहीन रह्यो। समूह बीको विजेता भारतले अब सेमिफाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। अघिल्लो संस्करणमा बंगलादेशलाई पराजित गर्दै भारतले उपाधि जितेको थियो ।

May 2, 2025

चितवनको विजयी सुरुवात

रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]

May 2, 2025

खेलकुदका‌ लागि एपिएफ क्लबको‌ सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

Success

Thank you for your time.