default_image

8 months ago

August 23, 2024

रोनाल्डोले गोल गरेपनि अल नासर रोकियो

927 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज स्टार स्ट्राईकर क्रिस्टियानो रोनाल्डोको गोलको अग्रता जोगाउन नसक्दा साउदी प्रो लिगमा अल नासर बराबरीमा‌ रोकिएको छ ।

सिजनको पहिलो खेल खेल्दै गरेको नासरले बिहीवार अल रइदसँग १-१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा नासरका लागि ३४औं मिनेटमा साडियो मानेको असिस्टमा रोनाल्डोले गोल गरे । त्योसँगै साउदी प्रो लिगमा रोनाल्डोको ५० गोल पूरा भएको छ।

रइदका मोहम्मद फौजाइरले ४९ औं मिनेटमा पेनाल्टिमार्फत गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि दुवै तर्फबाट गोल हुन नसक्दा खेल बराबरीमा सकियो ।

May 2, 2025

चितवनको विजयी सुरुवात

रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]

May 2, 2025

खेलकुदका‌ लागि एपिएफ क्लबको‌ सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

Success

Thank you for your time.