default_image

7 months ago

August 21, 2024

साफ यू२० : भुटानसँग माल्दिभ्स पराजित

1332 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्सलाई हराउँदै भुटानले काठमाडौंमा‌ जारी साफ यू२० च्याम्पियनसिपको सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो पारेको छ ।

दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सीमित भएको भुटानले माल्दिभ्सलाई बुधवारको समूह बीको खेलमा २-१ ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भारी वर्षाका बीच खेलको २१ मिनेटमा दोर्जीको गोलबाट भुटानले अग्रता लिएको थियो ।

खेलको ५३ औं मिनेटमा भुटान १० खेलाडीमा सिमित बनेको थियो । गोलकिपर तेन्जिङले पेनाल्टी क्षेत्र बाहिरको बल हातले छोएपछि उनलाई रेफ्रीले रातो कार्ड देखाउँदा भुटान १० खेलाडीमा सिमित भएको थियो ।

त्यसमा प्राप्त फ्रिकिकमा गोल गर्दै माल्दिभ्सले खेल बराबरीमा ल्यायो । माल्दिभ्सका फिराकले डिबक्स बाहिरबाट हानेको प्रहारले गोलमा‌ परिणत भएको थियो । खेल‌ सकिन एक मिनेट बाँकी रहँदा सांगे छोपेलले गोल गर्दै भुटानलाई जित दिलाएका थिए ।

समूहको पहिलो खेलमा भारतले भुटानलाई १-० ले हराएको थियो । भारत र भुटानको समान ३ अंक भएको छ भने माल्दिभ्स अंक विहिन छ । समूहको अन्तिम खेल भारत र माल्दिभ्सबीच हुनेछ । उक्त खेलमा माल्दिभ्सले भारतलाई पराजित गरे मात्र अघिल्लो चरणमा पुग्ने सम्भावना रहनेछ । भारत बराबरी गरे समूह विजेता बन्नेछ ।

प्रतियोगितामा बिहीबार घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै सेमिफाइनल पुगिसकेका छन् । भोलिको खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

March 22, 2025

एपिएफ महिला फुटबल च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]

March 22, 2025

मौसमका कारण आयोजक र एपिएफबीचको खेल स्थगित

सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]

March 22, 2025

श्रेष्ठको नेतृत्वमा अन्नपूर्ण आरसिटीमा नयाँ कार्यसमिति

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]

Success

Thank you for your time.