7 months ago
August 19, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगाको पहिलो खेलमा मालोर्कासँग बराबरीमा रोकिएको छ।
ला लिगामा डेब्यु गरेका फ्रान्सका स्टार स्ट्राइकर किलियन एमबाप्पेको लागि डेब्यु राम्रो हुन सकेन ।
रियलका लागि भने उनले गत साता भएको युइएफए सुपर कपमा एटलान्टालाई २-० ले पराजित गर्दै उपाधि जितेको खेलमा डेब्यु गरेका थिए । त्यो खेलमा एमबाप्पेले एक गोल गरेका थिए ।
सोमबार मार्लोकाको घरेलु मैदानमा भएको खेलमा रियल १-१ को बराबरीमा रोकिएको हो ।
रियलका लागि रोड्रिगो र मार्लोकाका लागि वेदात मुरिकीले गोल गरे । १३औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
५३ औं मिनेटमा वेदात मुरिकीले गोल गर्दै मालोर्कालाई खेलमा फर्काए । इन्ज्युरी समयको अन्तिम मिनेटमा रियलका फ्रिल्यान्ड मेन्डिले रातो कार्ड पाएका थिए ।
March 23, 2025
सुमन अधिकारी, बुटवल सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। नेपाल पुलिस क्लबललाई आज टाइब्रेकरमा ४-३ ले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो। बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्डकपको पहिलो खेलमा पराजित भएको छ । आईतवार भएको खेलमा लिग विजेता चर्च व्वाईजले पुलिसलाई […]
March 23, 2025
सुमन अधिकारी, बुटवल एपिएफ फुटबल क्लब बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई आइतवार १-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । हिजो खेल स्थगित हुँदा लिएको १-० को अग्रतालाई जोगाउन एपिएफ सफल रह्यो। शनिवार हावाहुरीका कारण दोस्रो हाफ हुन सकेन । आज रोकिएकै अवस्थाबाौ […]
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]