default_image

7 months ago

August 18, 2024

साफ यू२० : नेपालको विजयी सुरुवात

4990 views

0 Bookmark

एजेन्सी – साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले १-० को जित दर्ता गरेको हो । नेपालको जितमा निराजन धामीले गरेको गोल नै निर्णायक सावित भयो । खेलको अधिकांश समय बल पोसेसनमा नियन्त्रण लिएको नेपालले मध्यतिर अग्रता लिएको थियो ।

आक्रमक फुटबलमा जोड दिएको नेपालले पटक पटक गोलको अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । श्रीलंकाले पहिलो हाफमै २ खेलाडी परिवर्तन गरेको थियो । दोस्रो हाफमा नेपालले थप अवसर सिर्जना गरेको थियो, तर पुन: एकपटक पहिलो हाफकै फिनिसिङको समस्या दोहोरिंदा खेलमा अग्रता बढाउन असफल रह्यो ।

खेलको दोस्रो मिनेटमै नेपालको अग्रता लिने प्रयासमा अफसाइड बाधक बन्यो । अभिनाश स्याङतानको फ्रिकिकमा निराजन धामीको प्रयास गोल भएपनि सहायक रेफ्रीले अफसाइडका लागि झन्डा उठाए । २१ औं मिनेटमा कुशल देउवाको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

खेलको २४ औं मिनेटमा निराजनले नै नेपाललाई अग्रता दिलाए । समिर तामाङले थ्रो इन बाट आएको बललाई पेनाल्टी क्षेत्रभित्र खेक्दा श्रीलंकाली डिफेन्डरले क्लियर गर्न सकेनन् । त्यसै बललाई नियन्त्रणमा लिँदै निराजनले सुन्दर फिनिस गरे ।

पहिलो हाफको इन्ज्युरी समयमा श्रीलंकाका मिहम्द थिल्हमले गरेको प्रहार नेपालका गोलरक्षक जियारत शेखले बचाए ।

दोस्रो हाफको ६३ औं मिनेटमा समिर तामाङले गोल गर्ने सुवर्ण अवसर खेर फाले । राम थापाले दायाँ विंगबाट दिएको लो क्रस निराजनले छुन नसक्दा ब्याक पोस्टमा रहेका समिरले गरेको पहिलो टचकै प्रहार आकासियो ।

८० औं मिनेटमा नेपालले गोल गर्ने अर्को अवसर सदुपयोग गर्न सकेन । अभिनाशको थ्रु बलमा अनिल बम्जनको प्रहार श्रीलंकाका गोलरक्षक अहमद फुलेलले खुट्टाले विफल पारे । त्यसअघि अभिनाशकै क्रसमा आश्विन घोरासैनीको हेडरले पोस्टको दिशा लिन सकेन ।

इन्ज्युरी समयको पहिलो मिनेटमा निराजनको प्रहारमा पोस्ट बाधक बन्यो । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको हाफ भली प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

यस जितसँगै नेपालले समूहमा ३ अंक जोडेको छ । ६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

सोमबारको समूह बी अन्तर्गत दिउँसो ३ बजे एन्फा कम्प्लेक्समै भुटान र भारतले खेल्नेछन् ।

March 23, 2025

चर्च ब्वाइज तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। नेपाल पुलिस क्लबललाई आज टाइब्रेकरमा ४-३ ले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो। बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्डकपको पहिलो खेलमा पराजित भएको छ । आईतवार भएको खेलमा लिग विजेता चर्च व्वाईजले पुलिसलाई […]

March 23, 2025

एपिएफ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल एपिएफ फुटबल क्लब बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई आइतवार १-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । हिजो खेल स्थगित हुँदा लिएको १-० को अग्रतालाई जोगाउन एपिएफ सफल रह्यो। शनिवार हावाहुरीका कारण दोस्रो हाफ हुन सकेन । आज रोकिएकै अवस्थाबाौ […]

March 22, 2025

एपिएफ महिला फुटबल च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]

Success

Thank you for your time.