default_image

3 months ago

August 18, 2024

बार्सिलोनाको सफल पुनरागमन

727 views

0 Bookmark

एजेन्सी – भ्यालेन्सियाविरुद्ध जित निकाल्दै बार्सिलोनाले स्पेनिस ला लिगामा सुखद सुरुवात गरेको छ।

घरेलु मैदान मेस्टाला स्टेडियममा भएको खेलमा भ्यालेन्सिया २-१ ले पराजित भयो । बार्सिलोनालाई जित दिलाउन दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे । भ्यालेन्सियाका लागि ह्युगो डुरोले सान्त्वना गोल गरे ।

खेलको ४४ औं मिनेटमा डुरोको गोलमार्फत भ्यालेन्सियाले अग्रता लिएको थियो । उनले डियगो लोपेजको पासलाई गोल गरेका थिए । यो अग्रता लामो समयसम्म टिक्न भने सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा लमिन यमलको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । लेवान्डोस्कीले ४९ औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

शनिवार भएको अर्को खेलमा ओसासुना र लेगानिसले १-१ गोलको बराबरी खेलेका थिए । ला लिगामा आइतबार १ खेल रहेको छ ।

November 18, 2024

बिर्तामोड झापा कपको विजेताले १० लाख पाउने

हिमाल खरेल, बिर्तामोड झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो । क्लबको आयोजनामा मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । प्रतियोगिता […]

November 18, 2024

नर्वेको जितमा हालाण्डको ह्याट्रिक

एजेन्सी – एर्लिङ हालाण्डले ह्याट्रिक गरेको युइएफए नेसन्स लिगको खेलमा नर्वेले सहज जित हासिल गरेको छ । लिग बी समूह ३ मा नर्वेले आइतवार कजाकिस्तानलाई ५-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे । हालाण्डले २३औं र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए […]

November 18, 2024

फ्रान्ससँग इटालीको हार

एजेन्सी – युरोपेली नेसन्स कपमा आइतवार फ्रान्सले इटालीलाई ३-१ ले हराएको छ। लिग ए समूह २ बाट क्वाटरफाइनलमा पुगिसकेका दुई टोलीबीच नतिजापछि फ्रान्स समूह विजेता बनेको छ। एक गोलको अन्तरले पराजित भएको अवस्थामा इटाली समूह विजेता बन्ने समीकरण थियो। सानसिरोमा भएको खेलमा फ्रान्सका मिडफिल्डर रेबियटले २ गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। इटालीका […]

Success

Thank you for your time.