7 months ago
August 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिपको उद्घाटन खेलमा आइतबार नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फमा दिउँसो ३ बजे सुरु हुनेछ ।
दशरथ रंगशालामा साफ यु २० हुने नहुने आशंकाका बीच आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले समूह चरणका खेल आफ्नै मैदानमा हुने नयाँ खेल तालिका शुक्रवार जानकारी दिएको थियो । शनिबार सम्पन्न प्रि म्याच कन्फरेन्समा सहभागी सबै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका थिए ।
दशरथ रंगशालामा मंगलवार सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एफसीबीच एएफसी च्यालेन्ज लिगको प्ले अफ भएको थियो । पारो एफसी २-१ को खेलमा मैदानको खराब अवस्थाका कारण एन्फा र राष्ट्रिय खेलकुद परिषद (राखेप) को आलोचना भएको थियो।
मैदानको अवस्था अहिले पनि खराब नै रहेका कारण एन्फाले साफ यु २० आफ्नै मैदानमा सारेको छ । सन् २०१५ मा एन्फा मैदानमा साफ यु १९ आयोजना हुँदा नेपाली टोली च्याम्पियन बनेको थियो ।
एन्फा कम्प्लेक्समा हुने खेलको लागि एन्फाले टिकट दर ३ सय रूपैयाँ रहेको छ । नेपालसहित प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहेको छ । ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।
भदौ २ गतेबाट १० दिन चल्ने प्रतियोगिताका लागि एन्फाले शनिवार नै २३ सदस्यीय युवा टोलीको घोषणा गरिसकेको छ । नेपालले श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
नेपाली युवा टोली : जियारत शेख (गोलकिपर), कृषल मोक्तान (गोलकिपर) , विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ,आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निन्साङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जन प्रकाश बम, लछु थापा, निरज कार्की, हरिश राज भट्ट, धर्वेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, रोहन खड्गी ।
March 23, 2025
सुमन अधिकारी, बुटवल सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। नेपाल पुलिस क्लबललाई आज टाइब्रेकरमा ४-३ ले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो। बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्डकपको पहिलो खेलमा पराजित भएको छ । आईतवार भएको खेलमा लिग विजेता चर्च व्वाईजले पुलिसलाई […]
March 23, 2025
सुमन अधिकारी, बुटवल एपिएफ फुटबल क्लब बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई आइतवार १-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । हिजो खेल स्थगित हुँदा लिएको १-० को अग्रतालाई जोगाउन एपिएफ सफल रह्यो। शनिवार हावाहुरीका कारण दोस्रो हाफ हुन सकेन । आज रोकिएकै अवस्थाबाौ […]
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]