default_image

7 months ago

August 16, 2024

साफ यु २०- समूह चरण खेल एन्फाको मैदानमा हुने

1543 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिपको समूह चरणका खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदान (एस्ट्रो टर्फ) मा हुने भएको छ।

दशरथ रंगशालामा साफ यु २० हुने नहुने आशंकाकाबीचआयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले समूह चरणका खेल आफ्नै मैदानमा हुने नयाँ खेल तालिका शुक्रवार जारी गरेको छ।

प्रतियोगिताको सबै खेल यसअघि रंगशालामा हुने तालिका थियो। सेमिफाइनल र फाइनल कहाँ हुने भन्नेमा एन्फाले जानकारी दिएको छैन।

दशरथ रंगशालामा मंगलवार सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन‌ चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एफसीबीच एएफसी च्यालेन्ज लिगको प्ले अफ भएको थियो । पारो एफसी २-१ को खेलमा मैदानको खराब अवस्थाका कारण एन्फा र राष्ट्रिय खेलकुद परिषद (राखेप) को आलोचना भएको थियो।

मैदानको अवस्था अहिले पनि खराब नै रहेका कारण एन्फाले साफ यु २० आफ्नै मैदानमा सारेको छ । सन् २०१५ मा एन्फा मैदानमा साफ यु १९ आयोजना हुँदा नेपाली टोली च्याम्पियन बनेको थियो।

एन्फा कम्प्लेक्समा हुने खेलको लागि एन्फाले टिकट दर ३ सय रूपैयाँ रहेको छ । नेपालसहित प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहेको छ । ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । 

समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । भदौ २ गतेबाट १० दिन चल्ने प्रतियोगिताका लागि एन्फाले शनिवार नै २३ सदस्यीय युवा टोलीको घोषणा गरिसकेको छ । नेपालले श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

नेपाली युवा टोली : जियारत शेख (गोलकिपर), कृषल मोक्तान (गोलकिपर) , विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ,आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निन्साङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जन प्रकाश बम, लछु थापा, निरज कार्की, हरिश राज भट्ट, धर्वेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, रोहन खड्गी ।

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

March 25, 2025

मच्छिन्द्र तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]

Success

Thank you for your time.