7 months ago
August 16, 2024
एजेन्सी – स्पेनिस ला लिगा २०२४–०२५ सिजनको सुरुवाती दुबै खेल बराबरीमा सम्पन्न भएका छन् ।
बिहिवार भएको पहिलो खेलमा एथ्लेटिक क्लबले गेटाफेसँग १-१ को बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकाले सुरुआती अग्रता बनाएको थियो ।
ओइहान सन्सेटले २७ औं मिनेटमा गोलमा टोलीले अग्रता लिएको थियो ग । ६४ औं मिनेटमा भ्रमणकारी टोलीका क्रिष्टान्टस उचेले बराबरी गोल गरेका थिए ।
शुक्रबार बिहान भएको दोस्रो खेलमा रियल बेटिस र जिरोनाले १-१ को बराबरी खेलेका थिए । छैटौं मिनेटमै मार्क बाट्राले बेटिसको लागि गोल गरेका हुन् ।
पहिलो हाफमा १–० ले पछि परेको जिरोनाले ७२ औं मिनेटमा बराबरी गर्यो । गाव्रिअल मिसओउले गोल गर्दै हार टारेका थिए ।
शुक्रबार राति हुने खेलमा सेल्टा भिगो र डिपोर्टिभो अलाभेसबीच प्रतिस्पर्धा हुनेछ । शनिबार बिहान लस पालमस र सेभिल्लाबीच खेल हुनेछ ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]