7 months ago
August 15, 2024
हिमाल खरेल,बिर्तामोड
मोफसलको फुटबलमा सक्रिय झापाली क्लब बिर्तामोड युनाइटेड एफसी महिला टोलीका ३ खेलाडीले भुटानको शीर्ष महिला लिग खेल्ने भएका छन् ।
बिर्तामोड युनाइटेडबाट स्थानीय फुटबल, कोशी प्रदेश स्तरीय फुटबल हुँदै नेपालको राष्ट्रिय युथ टोलीबाट खेलिसकेका ३ खेलाडी खुश्मा राई, जेनिफर राना र सुशीलाकुमारी चौधरीले भुटानको राष्ट्रिय महिला लिग खेल्ने भएका हुन् ।
यी तीनै खेलाडीलाई ट्रान्सपोर्ट युनाइटेड फुटबल क्लबले जारी सिजनका लागि अनुबन्ध गरेको हो । हाल २ खेल खेलिसकेको ट्रान्सपोर्ट युनाइटेड १ जित र १ बराबरीसहित ४ अंकका साथ लिग तालिकाको तेस्रो स्थानमा छ ।
एक कार्यक्रमका बीच ३ खेलाडीलाई विदाईसमेत गरिएको छ । सो अवसरमा बिर्तामोड युनाइटेडका अध्यक्ष भुपेन लिम्बु, बिर्तामोड युनाइटेडकै पूर्वअध्यक्ष नरेन लिम्बु, क्लबका महासचिव सन्तोष राई तथा झापा जिल्ला फुटबल संघका महासचिव सुन्दर बस्नेतलगायतले बधाई र शुभकामना दिँदै विदाई गरेका थिए ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]