7 months ago
August 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एफसीबीच मंगलवार भएको खेलका दौरान दशरथ रंगशालाको खराब अवस्थाको चर्को आलोचना भएको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) बाट राष्ट्रिय खेलकुद परिषद (राखेप) आफैले रंगशाला मर्मतको जिम्मेवारी लिएपनि मैदानको अवस्थामा खासै सुधार नभएपछि आलोचना भएको थियो।
खेलअघि परेको भारी वर्षाका कारण खेलका दौरान मैदान हिलाम्मे भएको थियो। खेल सकिँदा खेलाडीको जर्सी, कट्टु , बुट, मोजा पूर्ण रुपमा हिलाम्मे थियो।
रंगशालाको खराब अवस्थाको कारण आफ्नो पनि आलोचना भएपछि राखेप का सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई त्रिपुरेश्वरस्थित राखेपमा
आफ्नो कार्यकक्षमा बोलाएर दशरथ रंगशालाको मैदान स्तरोन्नतीका विषयमा छलफल गरेका छन् ।
मैदान स्तरोन्नतीका लागि लाग्ने समय, वजेटलगायतका विषयमा दुई पक्षबीच प्रारम्भिक छलफल भएको राखेपले जनाएको छ ।
सदस्य–सचिव घिसिङले मैदानको स्तरोन्नती गर्न लाग्ने समय सीमा, बजेटलगायतका विषयमा चासो व्यक्त गर्दै सो कार्यका लागि दुवै पक्ष गम्भीर भएर पहल गर्नु पर्नेमा जोड दिए ।
‘दशरथ रंगशालाको मैदान स्तरोन्नती गर्न कति समय लाग्छ ? कति बजेट लाग्छ ? प्रारम्भिक खाका तयार गरी पेश गर्नु होला, ’ सदस्य–सचिव घिसिङले भने, ‘समय सीमा तोकेर प्रारम्भिक खाका तयार गर्नु होला । त्यसपछि राखेप र एन्फा मिलेर मैदान स्तरोन्नतीका लागि गम्भीर भएर पहल गर्नु आवश्यक छ । बजेटका कारण कुनै पनि हालतमा रोकिनु हुँदैन ।’
यो विषयमा राखेपले आइतबारै एन्फालाई पत्रचार पनि गरिसकेको बताइएको छ । एन्फा अध्यक्ष नेम्वाङले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्ने गरी गरी स्तरवृद्धि गर्नका लागि परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गरको जनाइएको छ।
त्यो खेलमा चर्च ब्वाइजलाई २-१ ले हराउँदै पारो एएफसी च्यालेन्ज लिगको समूह चरणमा पुगेको थियो।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]