7 months ago
August 15, 2024
सुशील पन्त क्षेत्री,चितवन
चितवन गोल्डकपको दोस्रो संस्करण असोज ३ गतेदेखि सुरु हुने भएको छ । भरतपुर फुटबल क्लब (बिएफसी) को आयोजनामा हुने गोल्डकप असोज १२ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । प्रतियोगिता संयोजक धुर्व भुसालका अनुसार ए डिभिजन लिग र नेपाल सुपर लिग एनएसएल खेल्ने टोलीहरु सहित मफोसलका चर्चित क्लबहरु सहभागी हुनेछन् । प्रतियोगितामा सहभागी टिमको नाम केही दिनमा सार्वजनिक गरिने भुसालले बताए ।
प्रतियोगिताका खेलहरु नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) को मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । पहिलो चरणमा दर्शकका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिने भुसालले जानकारी दिए ।
क्लबका अध्यक्ष लाल सिंह गुरुङले तयारी थालिएको बताए । पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणलाई थप व्यवस्थित र भव्य बनाउने गरी तयारी थालिएको उनले बताए ।
पहिलो संस्करण २०७९ भाद्र २५ देखि असोज ३ गतेसम्म क्याम्पाचौर नारायणगढमा भएको थियो । पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो ।
यसैबीच प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट इन्टरनेशनल रहने भएको छ । आज (बिहीबार) आयोजक बिएफसी र गोल्डेन इमिनेन्टबीच मुख्य प्रायोजनको सम्झौता भएको हो । सम्झौता पत्रमा क्लबका तर्फबाट संयोजक धुर्व भुसाल र गोल्डेन ईमिनेन्टका तर्फबाट प्रवन्ध निर्देशक प्रकाश रिजालले हस्ताक्षर गरे ।
सो क्रममा रिजालले प्रतियोगिताको सफलताको कामना गरे । गोल्डकपलाई मोसफलकै प्रतिष्ठित प्रतियोगिता बनाउन गोल्डेन ईमिनेन्ट जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए । गोल्डेन ईमिनेन्टले दक्षिण कोरिया अध्ययनका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिदै आएको छ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]