7 months ago
August 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अर्को साताबाट सुरु हुने साफ यू२० च्याम्पियनसिपका लागि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल स्थलको टुंगो लगाउन सकेको छैन ।
आइतबारदेखि सुरू हुने प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले विहीबार साँझ म्याच कमिस्नरको आगमन र निरिक्षणपछि मात्र टुंगो लाग्ने बताए ।
‘आज साँझ म्याच कमिस्नर आउनुहुन्छ । त्यसपछि हामी निर्णय लिन्छौं । हाललाई उद्घाटन र अन्तिमका खेलहरू रंगशालामै गर्ने प्रयास छ,’ शाहले भने ।
एन्फा कम्पलेक्समा हुने खेलको लागि टिकट दर ३ सय रूपैयाँ रहेको छ । दशरथ रंगशालामा हुने खेलका लागि भने साधारणतर्फ २ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ राखिएको छ ।
एन्फा उपाध्यक्ष दीपक खतिवडाले हाल रंगशाला राष्ट्रिय खेलकुद परिषद (राखेप) को मातहतमा रहेको र एन्फाले सरकारसमक्ष उक्त जिम्मेवारी आफैंमा फर्काउन प्रयास गरिरहेको बताए । उनले उक्त मैदानमा फुटबलबाहेक अन्य खेल गर्न दिन नहुने पनि अभिव्यक्ती दिए ।
‘रंगशालामा फुटबलबाहेक अन्य खेल गर्न दिनु हुँदैन । यसअघि पनि रग्बीका कारण मैदानको अवस्था बिग्रिएको थियो । यसपटक त्यसो हुन दिदैंनौं’, उनले भने ।
प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहेको छ । ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् ।
समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । नेपाल र श्रीलंकाले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन् । भदौ २ गतेबाट १० दिन चल्ने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार नै २३ सदस्यीय युवा टोलीको घोषणा गरिसकेको छ ।
नेपाली युवा टोली : जियारत शेख (गोलकिपर), कृषल मोक्तान (गोलकिपर) , विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ,आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निन्साङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जन प्रकाश बम, लछु थापा, निरज कार्की, हरिश राज भट्ट, धर्वेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, रोहन खड्गी
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]