default_image

8 months ago

August 14, 2024

मियामी लिग्स कपबाट बाहिरियो

1035 views

0 Bookmark

एजेन्सी – इन्टर मियामी कोलम्बस क्रूसँग पराजित हुँदै लिग्स कपको अन्तिम १६ बाट बाहिरिएको छ ।

घरेलु मैदान लोअर डट कम फिल्डमा बुधबार बिहान भएको खेलमा उत्कृष्ट पुनरागमनका‌ साथ मियामीलाई ३-२ ले पराजित गर्दै कोलम्बस अघिल्लो चरणमा प्रवेश गरेको हो।

खेलमा कोलम्बसका लागि डियागो रोसीले २ र क्रिश्चिएन रामिरेजले १ गोल गरे । मियामीका लागि मार्टिएस रोजास र डिएगो गोमेजले समान १ गोल गरे । मियामीले २-० को अग्रता जोगाउन सकेन ।

१० औं मिनेटमा रोजासले गोल गर्दै मियामीलाई अग्रता दिलाए। मियामीका लागि ६३ औं मिनेटमा गोमेजले अर्को गोल थपे।

कोलम्बसका लागि ६७औं मिनेटमा रामिरेजले गोल गर्दै टोलीलाई खेलमा फर्काए । ७३ औं मिनेटमा रोसीले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । ८१औं मिनेटमा रोसीले पुनः गोल थप्दै कोलम्बसलाई जित दिलाए । मियामी नियमित कप्तान लियोनल मेस्सी विना उत्रेको‌ थियो।

March 29, 2025

ललितपुरलाई पहिलो हाफमै २ गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]

March 29, 2025

एनएसएल सुरु हुँदै – दुई विजेता खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुई‌टोली‌ बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]

March 29, 2025

बुटवलमा महिला फुटबल हुने

बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]

Success

Thank you for your time.