7 months ago
August 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले भुटानको लिग च्याम्पियन पारो फुटबल क्लब विरुद्ध हुने एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि अनन्त तामाङको कप्तानीमा सुरुवाती ११ सार्वजनिक गरेको छ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ।
अनन्तको कप्तानीमा चर्च ब्वाइजबाट गोलकिपर दिप कार्की, अन्जन विष्ट, लकेन लिम्बु, आषुश घलान, करिम, पिटर, छिरिङ लामा, सनिश श्रेष्ठ, मोजेस, एरिक विष्टले सुरुवात गर्नेछन्।
पारोले जापानिज स्टार केसुके होन्डाको कप्तानीमा पहिलो रोजाइ सार्वजनिक गरेको छ।
चर्च ब्वाइजले तयारी छोटो भएपनि खेलको लागि टोली तयार रहेको बताएको छ। चर्च ब्वाइजले ३ साताको तयारी गरको छ । यो खेलका लागि टोलीले राष्ट्रिय टोलीका लकेन लिम्बु, सनिश श्रेष्ठ , आयुष घलानसहित केही विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ।
टोलीले क्षमता अनुसार खेल्यो भने राम्रो नतिजा निकाल्न सक्नेमा प्रशिक्षक बाल गोपाल महर्जनले आशावादी छन् । तयारीका क्रममा चर्च ब्वाइजले त्रिभुवन आर्मी फुटबल क्लबसँग र यु-२० टोलीसँग अभ्यास खेल खेलेको थियो।
टोलीका कप्तान अनन्त तामाङले रंगशालामा खेल्ने अनुभव भएकोले टोली फिजिकली, मेन्टली तयार रहेको बताए।
पारोमा रहेका स्टार खेलाडी जापानी केसुके होन्डा र अन्य विदेशी खेलाडीले टिमलाई दबाब नरहेको भन्दै टोलीको योजना अनुरूप खेल्ने अनन्त बताएका छन् ।
होन्डाले ३ पटक विश्व कप खेलिसकेका छन्। उनी एसियाकै स्टार खेलाडी हुन् ।
तयारी राम्रो भएकोले उत्कृष्ट प्रदर्शन गर्ने पारोका प्रशिक्षक पुष्पलाल शर्माले बताएका थिए । नेपाल आएसँगै चुनौतीहरूको सामना गरिरहेको भन्दै दशरथ रंगशालाको स्तर उपयुक्त नभएको बताए।
नेपालमा लिग नभएको कारण राष्ट्रिय टिमका अधिकांश खेलाडी रहेको र चर्च ब्वाइजलाई नेपालको राष्ट्रिय टोली बराबर मान्न सकिने बताए।
होन्डा मात्र होइन यो पटक पारो कुल ११ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]