8 months ago
August 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी डुरान्ड कप २०२४ मा आफ्नो अन्तिम खेल आज खेल्दैछ ।
समूह एफ मा रहेको आर्मीले तेस्रो खेलमा रंगदाजिद फुटबल क्लबको सामना गर्दैछ । आर्मी र रंगदाजिद बीचको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजे जवाहर लाल नेहरु स्टेडियममा हुनेछ ।
आर्मी र रंगदाजिद दुवैको प्रतियोगितामा यो तेस्रो खेल हो । दुवै टोलीले खेलेका दुवै खेलमा हार बेहोरेका थिए । आर्मीले पहिलो खेलमा सिलाङ लाजोङसँग १-० ले पराजित भएको थियो । दोस्रो खेलमा गोवा फुटबल क्लबसँग २-१ को हार बेहोरेको थियो ।
रंगदाजिदले पहिले खेलमा सिलाङ लाजोङसँग २-० को हार बेहोरेको थियो । दोस्रो खेलमा गोवासँग ४-३ गोलअन्तरले पराजित भएको थियो । प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोलीका लागि यो खेल प्रतिष्ठाको लडाईको रुपमा रहेको छ ।
लिग चरणपछि हरेक समूहको विजेताले नकआउटमा पुग्नेछन् । त्यस्तै ६ समूह मध्येबाट उत्कृष्ट २ उपविजेता टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल भदौ १५ गते हुनेछ ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुईटोली बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]
March 29, 2025
बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]