default_image

8 months ago

August 11, 2024

च्यालेन्ज लिग प्ले अफ- एक्सन स्पोर्टसले पनि प्रत्यक्ष प्रसारण गर्ने

1498 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी च्यालेन्ज लिग छनोटको‌ प्ले अफको‌ प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस एचडीले पनि‌ प्रत्यक्ष प्रसारण गर्ने भएको‌ छ।

सहिद स्मारक ए डिभिजन लिगको विजेता चर्च ब्वाइज युनाइटेड र‌ भुटानको लिग विजेता पारो एफसीबीच प्ले अफ दशरथ रंगशालामा मंगलबार साँझ ६:०० बजे सुरु हुनेछ।

चर्च ब्वाइज र हाम्रो खेलकुदबीच यसअघि प्ले अफको बोर्डकास्टिङ सम्झौता भएको थियो।‌ टेलिभिजनमा‌ प्रत्यक्ष प्रसारणका लागि एक्सन स्पोर्टससँग हाम्रो खेलकुदले आइतवार सम्झौता गरेको हो।

डिश मिडियाका सिइओ तारा मानन्धर र हाम्रो खेलकुदका सम्पादक‌ प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। पारोको टोली शनिवार नेपाल आइसकेको छ ।

March 29, 2025

ललितपुरलाई पहिलो हाफमै २ गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]

March 29, 2025

एनएसएल सुरु हुँदै – दुई विजेता खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुई‌टोली‌ बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]

March 29, 2025

बुटवलमा महिला फुटबल हुने

बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]

Success

Thank you for your time.