9 months ago
August 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- बालबालिकालाई ‘माई फुटबल किट’ कार्यक्रमको माध्यमबाट जीवन जिउने कला सिकाउन एनपिओ रियाले वर्ल्ड (सत्य संसार) ले पहल सुरु गरेको छ।
रियाले वर्ल्डले शनिबार एन्फा कम्प्लेक्समा ६ देखि १० वर्षसम्मका ६० जना बालबालिकालाई सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण दिएको थियो।
रियाले वर्ल्डका कार्यक्रम संयोजक फुटबल प्रशिक्षक बालगोपाल साहुखलले जीवन जिउने उपयोगी कला सिकाउने उद्देश्यले बालबालिकाका लागि माई फुटबल किट कार्यक्रम संचालन गरेको बताए।
‘ टुक्राहरु जोडेर बल बनाउने, त्यही बल खेल्ने, बिग्रेपछि पुन: त्यसलाई जोडेर बल बनाउने अभ्यास गराउन सिकाउँछौ’ उनले भने, त्यसमा आइपर्ने समस्या समाधान गर्ने र सिर्जनशीलता देखाउँदै जीवन जिउने उपयोगी कला सिकाउने उद्देश्यका साथ यो कार्यक्रम गरेका हौं।’ साहुखलले उपत्यकाका फुटबल एकेडेमी, स्कुल र मोफसलमा विस्तार गर्ने योजना रहेको बताए ।
राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङसहित फुटबल प्रशिक्षक, रियाले वर्ल्डका नेपाली तथा जापानी १० जना स्वयंसेवकले कार्यक्रम सञ्चालन गरेका थिए ।
जापानी संस्था रियाले वर्ल्डले एकदशक भन्दा लामो समयदेखि नेपालमा फुटबल सामाग्री उपलब्ध गराउने लगायत अन्य सहयोग गर्दै आएको साहुखलले छ।
भक्तपुरको बोडेमा रियाले वर्ल्डले सन्चालन गरेको फुटबल एकेडेमीमा ८० जना बालबालिकाले नियमित प्रशिक्षण गरिरहेका छन्। रियाले वर्ल्ड नेपालमा सत्य संसारको नाममा सन्चालन गरिएको छ।
रियालले वर्ल्डले शुक्रवार भक्तपुर नयाँ थिमीस्थित शंखधर मेमोरियल स्कुलमा ८ देखि १२ वर्षका बालबालिकालाई सोही प्रशिक्षण दिएको थियो।
May 16, 2025
एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालेअखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा सहभागी हुन रोक लगाइएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङकोविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका छन् । थापाको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन बिहीवार एन्फा अध्यक्ष नेम्वाङलाई आदेश दिएको छ । बैशाख २६ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको […]
May 15, 2025
एजेन्सी – इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ । रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ। हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले […]