7 months ago
August 11, 2024
एजेन्सी – म्यानचेस्टर सिटीले एफए कप कम्युनिटी शिल्डको उपाधि जितेको छ।
म्यानचेस्टर युनाइटेडलाई पराजित सिटीले शनिवार उपाधि जितेको हो । वेम्बलीमा भएको खेलमा सिटी सडन डेथमा विजयी भएको थियो। पेनाल्टी सुटआउटमा समग्रमा ७-६ भएको थियो।
निर्धारित ९० मिनेट १-१ को बराबरी टुंगिएको थियो। ८२ औं मिनेटमा ब्रुनो फर्नान्डिसको पासमा अलेजान्ड्रो गार्नाचोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । खेल सकिन एक मिनेट बाँकी रहँदा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए।
सिटीले सातौं पटक एफए कप जितेको हो । यसअघि सन् १९३७ ,१९६८, १९७२, २०१२, २०१८ र २०१९ मा सिटी च्याम्पियन भएको थियो ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]