6 months ago
August 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता काठमाडौंमा सुरु हुने साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
भदौ २ गतेबाट १० दिन चल्ने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिवार २३ सदस्यीय युवा टोलीको घोषणा गरेको हो ।
प्रतियोगितामा ७ राष्ट्रको सहभागिता रहेको छ । ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् ।
समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । नेपाल र श्रीलंकाले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली युवा टोली
जियारथ शेख( गोलकिपर ), कृषल मोक्तान (गोलकिपर) ,विशाल केसी,सिमान्त थापा,अश्विन घोरा,सैनीबिक्रम तामाङ,आयुष तिम्सिना,मदन पौडेल,राम थापा,समिन घिमिरे,सरोज दर्लामी, निन्साङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जन प्रकाश बम, लचु थापा,निरज कार्की,हरिश राज भट्ट,धर्बेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, रोहन खड्गी
February 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सुरु भएको छ। विकास बोहोराले ५ गोल गरेको उद्घाटन खेलमा नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘क’ ले पुष्प सदन बोर्डिङ स्कुललाई ९–० ले पराजित गर्यो। एपिएफका विनम खम्चा, दिपेश गुरुङ, सागर खत्री र अमन भगतले समान १ गोल गर। एपिएफका विकास प्लेयर अफ […]
February 2, 2025
पोखरा (हाम्रो खेलकुद) – आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ। आयोजक सहारा क्लब पोखराले आइतवार पत्रकार सम्मेलनमार्फत तयारीको बारेमा जानकारी गराएको छ। सोही अवसरमा आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको थियो। प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ। उद्घाटन खेल आयोजक र […]
February 2, 2025
एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिवार स्तब्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन पर्याप्त रह्यो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ । रियलको ४९ अंक छ। रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिवार नै एटलेटिको […]