7 months ago
August 9, 2024
एजेन्सी – पोर्चुगलका डिफेन्डर पेपेले सबै खाले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनले बिहीबार सामाजिक सन्जालमार्फत सन्यासको घोषणा गरेका हुन् ।
सन्यासको घोषणा गर्दै पेपेले आफ्नो करिअरमा मद्दत गर्नेहरू सबैलाई धन्यवाद दिए । ४१ वर्षीय पेपे यस समरमा भएको युरोपेली च्याम्पियनसिप खेल्ने सबैभन्दा पाका खेलाडी बने । उनको टोली पोर्चुगल क्वार्टरफाइनलमा फ्रान्ससँग टाइब्रेकरमा पराजित हुँदै बाहिरिएको थियो ।
स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व सेन्टर–ब्याक पेपेले आफ्नो देशको लागि १४१ क्याप जित्दा ८ अन्तर्राष्ट्रिय गोल गरेका छन् । पोर्चुगलका लागि उनले भन्दा धेरै क्रिस्टियानो रोनाल्डो (२१२) र जोआओ माउटिन्होले (१४६) खेलेका छन् ।
मारिटिमोबाट खेल यात्रा प्रारम्भ गरेका पेपेले मारिटिमोसँगै पोर्टो, रियल म्याड्रिड र बेसिकटासबाट व्यवसायिक खेल खेलेका छन् । उनले पोर्चुगलसँग युरो २०१६ जिते । म्याड्रिडमा आफ्नो १० वर्षको स्पेलमा तीन च्याम्पियन्स लिग र तीन ला लिगा उपाधि उनको नाममा छ ।
२३ वर्षको व्यवसायिक करिअरमा उनले विभिन्न ३४ वटा उपाधि जितेका छन् । क्लब र राष्ट्रका लागि ८७८ पटक खेलेका उनले सबैभन्दा धेरै सफलता रियल म्याड्रिडमा पाएको थियो ।
‘म मद्दत गर्न सक्दिन तर मलाई विश्वास गर्ने सबै अध्यक्षहरुलाई धन्यवाद दिन्छु ।’ पेलेले भने, ‘म गएको सबै क्लबका सबै कर्मचारीहरूलाई, जो क्लब र राष्ट्रिय टोलीका आत्मा र सार हुन् । म पृष्ठभूमिका सबैलाई धन्यवाद दिन चाहन्छु ।’
पेपे गत वर्ष च्याम्पियन्स लिगमा समूह चरणमा एन्टवर्पविरुद्ध पोर्टोका लागि गोल गर्दा सबैभन्दा बढी उमेरका गोलकर्ता बनेका थिए ।
करिअरको उच्च लयमा रहँदा उनले रियल म्याड्रिडका लागि सबैभन्दा धेरै ३३४ खेल खेलेको थियो । अनुशासनमा भने पेपे निकै खराव रह्यो । उनले आफ्नो करिअरमा २१२ पहेँलो कार्ड र १७ रातो कार्ड पाएका छन् ।
रियल म्याड्रिड तथा पोर्चुगलका सहकर्मी क्रिस्टियानो रोनाल्डोले पेपेको अर्थ के हो भन्ने व्यक्त गर्न कुनै शब्द नरहेको बताएका छन् । इन्स्टाग्राममा एक पोस्टमा, उनले थपे, ‘पिचमा जित्नु पर्ने सबै कुरा हामीले जित्यौं, तर सबैभन्दा ठूलो जित भनेको मित्रता र सम्मान हो । पेपे अद्वितीय हुनुहुन्छ । धेरै धेरै धन्यवाद ।’
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]