6 months ago
August 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति एन्फा यु-१८ युथ लिगमा बिहीवार संकटा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्यो ।
मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबलबीचको अर्को खेल बराबरीमा टुंगिएको छ ।
पहिलाे खेलमा सविनकुमार लुङ्गेलीमगरको ह्याट्रिकसँगै संकटाले सातदोबाटोमाथि ६-० को फराकिलो जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा संकटालाई जित दिलाउन सोनमछिरिङ होल्मो, अजित चौधरी र हिमेश माझीले समान १ गोल थपे ।
खेलको २० औं मिनेटमा सविनको गोलमार्फत संकटाले अग्रता लिएको थियो । २५ औं मिनेटमा सविनले नै पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए ।
सोनमले २६ औं मिनेटमा गोल गरेपछि संकटा ३-० ले अगाडि रह्यो । ३७ औं मिनेटमा सविनले गोल गर्दै ह्याट्रिक पूरा गरे ।
६० औं मिनेटमा अजितले संकटाका लागि पाँचौं गोल गरे । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा हिमेशले गोल थपे ।
तेस्रो जितसँगै संकटाले ८ खेलमा १२ अंक जोडेको छ । छैटौं हार बेहोरेको सातदोबाटोको ८ खेलबाट ४ अंक छ ।
त्यसअघि दिनको पहिलो खेलमा अग्रता जोगाउन नसक्दा मच्छिन्द्रले विभागीय टोली पुलिससँग बराबरीमा रोकियो । खेल ३-३ को बराबरीमा सकिएको हो ।
मच्छिन्द्रका पदम तामाङ, प्रशान्त मोयाङ्बो र रोनिक रानामगरले गोल गरे। पुलिसका विक्रम गौतम, कप्तान सुवास बम र सुजलमान घलेले गोल गरे।
३० औं मिनेटमा पदमको गोलसँगै मच्छिन्द्रले अग्रता लिएको थियो । ५४ औं मिनेटमा प्रशान्तले मच्छिन्द्रको अग्रता दोब्बर बनाए ।
७५ औं मिनेटमा पुलिसका विक्रमले गोल गर्दै खेल २-१ मा ल्याए । ७७ औं मिनेटमा रोनिकले गोल गर्दै मच्छिन्द्रलाई ३-१ ले अगाडि बढाए।
७९ औं मिनेटमा अनिश थिङले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि मच्छिन्द्र १० खेलाडीमा समेटियो। ८५ औं मिनेटमा पुलिसका कप्तान सुवासले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए। इन्ज्युरी समयमा सुजलले गोल गर्दै पुलिसलाई हारबाट जोगाए।
योसँगै शीर्ष स्थानमा रहेको पुलिसले ८ खेलबाट २० अंक पुगेको छ। समान खेलमा मच्छिन्द्र १५ अंक जोडेर चौथो स्थानमा छ।
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]
February 3, 2025
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]