6 months ago
August 8, 2024
एजेन्सी – अग्रता जोगाउन नसक्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मैत्रीपूर्ण खेलमा बुधबार अस्ट्रियाको एसके स्ट्रम ग्रजसँग बराबरीमा रोकिएको छ ।
पिएसजी र ग्रजले २-२ गोलको बराबरी खेले । पीएसजीका लागि लागि इब्राहिम एमबायी र कार्लोस सोलरले गोल गरे । उता, स्ट्रम ग्रजका लागि एम्डी कामारा र ओटर काइटिशभिलीले गोल गरे ।
खेलको नवौं मिनेटमा एमबायीको गोलमार्फत पिएसजीलाई अग्रता दिलाएका थिए । खेलको १२ औं मिनेटमा सोलरले गोल गर्दै अग्रता दोब्बर बनाए ।
ग्रजका लागि कामाराले १५ औं मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । ४३ औं मिनेटमा काइटिशभिली गोल गर्दा ग्रज २-२ को बराबरीमा आयो । त्यसपछि कुनै गोल हुन नसक्दा खेल बराबरीमा सकियो ।
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]
February 3, 2025
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]