default_image

6 months ago

August 6, 2024

ललित मेमोरियल एन्फा लिगमा थ्री स्टारको जित

457 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लबले ललित मेमोरियल एन्फा यू-१८ यूथ लिगमा सातदोबाटो यूथ क्लबविरुद्ध जित निकालेको छ।

एन्फा कमप्लेक्समा मंगलबार भएको पहिलो खेलमा थ्रीस्टारले सातदोबाटो युथ क्लबलाई ३-० गोलले पराजित गरेको हो।

थ्री स्टारले खेलको आठौं मिनेटमा सनिल स्याङतानको गोलमा अग्रता लिएको थियो । रोमन श्रेष्ठले खेलको १३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । चित्र बहादुर नेपालीले ५७औं मिनेटमा टोलीका लागि तेस्रो तथा निर्णायक गोल गरे।

जितसंगै थ्री स्टार ६ खेलमा १० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। पराजित सातदोबाटोको ६ खेलमा ४ अंक रहेको छ।

थ्री स्टारको पूर्व अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको‌ नाममा एन्फाले यु १८ लिग आयोजना गर्दै आएको छ।

February 3, 2025

आर्सनलसँग सिटी स्तब्ध

एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई‌ ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]

February 3, 2025

युनाइटेडको अर्को हार, टोटेनहम विजयी

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]

February 3, 2025

एन्जिलासम्मिलित मिस अट्रोमिटौको जित

एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा‌ यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]

Success

Thank you for your time.