6 months ago
August 5, 2024
सुशील पन्त क्षेत्री, चितवन
पानस युवा क्लब र हानामी भरतपुर फुटबल क्लब (बिएफसी) सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलको उपाधिका लागि भिड्ने भएका छन् ।
भरतपुर ७ कृष्णपुरको मैदानमा सोमबार सम्पन्न सेमिफाइनल खेल जित्दै पानस र बिएफसीले उपाधि भिडन्त पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनलमा पानसले माडी ११ विरुद्ध ५-१ को सहज जित निकाल्यो । पानसको जितमा सुमन गुरुङले २ तथा पदम नेपाली, रोमन थापा र सन्दीपले समान १ गोल गरे ।
सुमनले ३७ र ८० औं मिनेटमा गोल गरे । पदमले २२ औं, रोमनले ६१ औं र सन्दीपले अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गरे । माडीका रितेश क्षेत्रीले ७५ औं मिनेटमा एक मात्र गोल गरे ।
दोस्रो सेमिफाइनलमा बिएफसीले हर्दी युवा समाजलाई ३-१ ले हरायो । उसको जितमा सुमन आलेले २ र अर्को गोल सन्देश श्रेष्ठले गरे । हर्दीका सन्तोष थिङले एक गोल फर्काए ।
खेलको २७ औं मिनेटमा सुमनको गोलमा बिएफसीले अग्रता लिएको थियो। ५० औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि बिएफसीले अग्रता दोब्बर बनायो । ५१ औं मिनेटमा हर्दीका सन्तोषले गोल गरे ।
कमजोर प्रदर्शन गरेको हर्दीले उक्त गोलपछि खेलमा फर्किने संकेत गरे पनि बिएफसीले पुनः दबाब बनायो । इन्ज्युरी समयको दोस्रो मिनेटमा सन्देशले गोल गरेपछि बिएफसी ३-१ ले विजयी भयो ।
योसँँगै पानस र बिएफसी प्रतियोगितामा दोस्रो पटक आमनेसामने हुने भएका छन् । यस अघि लिग चरणमा यी दुई टोली भिड्दा पानसले २-० ले बाजी मारेको थियो ।
फाइनल बुधबार हुनेछ। विजेताले ट्रफीसहित १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]
February 3, 2025
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]