default_image

6 months ago

August 4, 2024

बार्सिलोनाले रियललाई हरायो

2306 views

0 Bookmark

एजेन्सी – प्रि सिजन मैत्रीपूर्ण खेलमा आइतबार बार्सिलोनाले रियाल म्याड्रिडविरुद्ध जित निकालेको छ ।

अमेरिकाको मेटालाइफ रंगशालामा बार्सिलोनाले रियललाई २-१ ले पराजित गर्यो । बार्साको जितमा दुवै गोल पाउ भिक्टरले गरे । रियालका लागि निको पाजले सान्त्वना गोल फर्काए ।

खेलको ४२ औं मिनेटमा भिक्टरको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । उनले रोबार्ट लेवान्डोस्कीको पासलाई पोस्टको दिशा दिए ।

एलेक्स भ्यालको पासलाई सदुपयोग गर्दै ५४ औं मिनेटमा भिक्टरको दोस्रो गोलमा टोलीले अग्रता दोब्बर बनायो ।

पाउले ८२ औं मिनेटमा गोल गर्दै रियाललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । उनले अर्दा गुलरको पासलाई गोल गरेका थिए ।

February 3, 2025

आर्सनलसँग सिटी स्तब्ध

एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई‌ ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]

February 3, 2025

युनाइटेडको अर्को हार, टोटेनहम विजयी

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]

February 3, 2025

एन्जिलासम्मिलित मिस अट्रोमिटौको जित

एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा‌ यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]

Success

Thank you for your time.