default_image

5 months ago

August 4, 2024

हालान्डको ह्याट्रिकमा चेल्सीको हार

1037 views

0 Bookmark

एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले नयाँ सिजनअघिको मैत्रीपुर्ण खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सीलाई पराजित गरेको छ ।

अमेरिकाको कोलम्वसमा आइतबार बिहान भएको खेलमा सिटीले चेल्सीलाई ४–२ ले पराजित गरेको हो । एक गोल ओस्कार बबले थपे । चेल्सीका रहिम स्ट्रलिङ र नोनी मादुएकेले गोल फर्काएपनि टोलीको हार टार्न सकेन ।

ओइहो स्टेडियममा हालान्डले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए । हालान्डले खेलको चौथो मिनेटमा पेनाल्टी र पाँचौं मिनेटमा गोल गरेका थिए ।

त्यसपछि दोस्रो हाफमा पनि दुई मिनेटको अन्तरमा दुई गोल थप्दै सिटीले खेलमा ४–० को आरामदायी अग्रता कायम गर्यो । ५५औं मिनेटमा ओस्कारले गोल गर्दा ५६औं मिनेटमा हालान्डले गोल गर्दै ह्याट्रिक पुरा गरे ।

५९औं मिनेटमा रहिमले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । ८९औं मिनेटमा नोनीले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याएपनि चेल्सीको हार टरेन ।

नयाँ सिजनअघिको मैत्रीपुर्ण खेलमा सिटीको यो पहिलो जित हो । यसअघि सिटीले सेल्टिक र एसी मिलानसँगै बार्सिलोनासँग टाइब्रेकरमा हार बेहोरेको थियो ।

चेल्सीको यो दोस्रो हार हो । चेल्सीले यसअघि सेल्टिकसँग हार बेहोर्दा क्लब अमेरिकालाई पराजित गरेको थियो । रेक्समसँग बराबरी खेलेको थियो ।

January 11, 2025

आहा रारा पोखरा गोल्डकपमा जयश्री फुड सह प्रायोजक

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखराले २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। यसै क्रममा जयश्री फुड्स प्रालि सह प्रायोजकको रुपमा आहा रारा सँग जोडिएको छ । त्यसका लागि शनिवार जयश्री फुड्सका जनरल मेनेजर अमित अग्रवाल र सहाराका अध्यक्ष केशव वरालले सम्झौता पत्रमा हस्ताक्षर गरेइ । सम्झौता एक वर्षको […]

January 11, 2025

महिला लिगमा एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग दुई शीर्ष टोली एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले आज एकअर्काको सामना गर्दैछ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा विभागीय डर्बी खेल दिउँसो १२:०० बजे सुरु हुनेछ।अन्तिम चरणमा दुवै टोली अपराजित रहँदै आएका छन्। सबै ३ खेल जितेको एपिएफ ९ अंकसहित शीर्ष स्थानमा छ। ३ खेलमा २ जित […]

January 10, 2025

महिला लिगमा बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- वालिङ नगरपालिकालाई ३-० ले हराउँदै बागमती युथ क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा पहिलो जित निकालेको छ। चौथो खेलमा पुगेर बागमतीले अंकको खाता खोलेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा बागमतीलाई जित दिलाउन अस्मिता खवास र विष्णु माया बलले गोल गरे। बागमती र वालिङ दुवै अंकको खाता खोल्ने दाउमा थिए। यो खेल […]

Success

Thank you for your time.