6 months ago
July 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र फुटबल क्लबले एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी ललित स्मृति यु-१८ लिगमा पहिलो हार बेहोरेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा मछिन्द्र न्यू रोड टिम (एनआरटी) विरुद्ध ३-० ले पराजित भएको हो ।
एनआरटीका लागि रोहन मोक्तान, अंकित थापा र सन्तोष गोङबाले समान १-१ गोल गरे ।
जित पछि एनआरटीको ६ खेलमा १३ अंक भएको छ । लिग तालिकाको शीर्ष स्थानमा नेपाल पुलिस क्लब र एनआरटीको समान १३ अंक छ । ६ खेलमा ११ अंक भएको मछिन्द्र चौथो स्थानमा रहेको छ ।
यस्तै दिनको पहिलो खेलमा संकटा क्लबले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हरायो । दिलन लिम्बू र समिन अर्जेलले १-१ गोल गरे । आर्मीका लागि भने रोहित श्रेष्ठले सान्त्वना गोल गरेका थिए ।
जित पछि संकटाले ६ खेलमा पहिलो जित दर्ता गरेर ६ अंक बटुल्दै सातौं स्थानमा उक्लिएको छ । नवौं स्थानमा रहेको आर्मीको भने ६ खेलमा ४ अंक छ ।
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]
February 3, 2025
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]